गर्भ | Madan Dulal | Nepali Poem

Madan Dulal

जब मनको बार्दलीमा
भविष्यका तरंगहरु तुर्लुङ्ग झुन्डिन्छन्
तब तनमनले आउदा दिनहरु कल्पिन्छन्
कतै फुरुङ्ग हुन्छ
कतै एकोहोरो सम्झिरहन्छ
कास
जिन्दगीको मार्ग अविरल
चाल्न एक अर्धाङ्गिनीको खोजीमा दौडिन्छ मन।

तर
यहाँ सम्बन्धका बाध बाध्न
गोत्र,कुलघरानी ,शिक्षित भइ
परिवारको यत्रतत्र धान्नु अरे,
नाता, कुटुम्ब जोर्जम्मा गरि बिहेको निधो भयो रे
प्रकृतिको नियम!
हरेकको चहाना बाबा आमा बन्ने
र संयोगबस गर्भधारण भो
१ -२-४-७-९ महिना भो घरमा लक्ष्मिको आगमन भो
तर घरमा सबैका मुहार अधेरो
कारण उनीहरु छोराको प्रतिक्षामा रैछन्

ए ! नारीत्व तिमी नि नारी
बुहारी नि नारी
अनि जन्मिएकी नि नारी
आफै श्रृष्टिकर्ता अनि आफै राक्षसी प्रवित्ति
के गर्भमा यहि नै पक्कै हुन्छ भन्ने कस्लाई थाहा छ र?

अचेल !
अबैध संभोग गरि असिमित गर्भपतन गर्न लम्केका हुन्छन्
के थाहा ती मोजमस्तिमा हुर्की
बाउआमाको पैसामा फुर्की
आउने भविष्यमा आमा बन्ने सपना सपना नै होला।
त्यसैले ,कहिलेकाहि भविष्य बारे सोच्ने कि

नत्र आफू गर्भधारण गर्ने मौकामा वञ्चित भइ
धर्म सन्तानको खौजीमा भौतारिनु पर्ला!

 

 

Read More Nepali Poem: 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *