Nepali Poem | वैदेशिक छत्रछाया | Madan Dulal

Madan Dulal

प्रकृतिले उथलपुथल
चिजबिजले अलौकिक
संस्कृतिले भरिपूर्ण
एकताको एक ढिक्कापन
बहुभाषाको एक आवरण
तर ,चिजको अनुसन्धानमा भुलेर राष्ट्रहित विपरित, डलरमा र्याल चुहायी( उधोगतिमा धकेली वैदेशिक छत्रछायामा हुर्कदै छ मेरो देश अनि नरेश

नुनदेखि चुन
भित्री बस्त्रदेखि हर लत्ताकपडा
क्रिमदेखि तेलजन्य पदार्थ
श्रृङ्गारदेखि सम्हार
हरेकमा आफू भरिपूर्ण हुँदाहुँदै विदेशीको भरमा परि तितो छत्रछायामा डुक्रदैछ

सीता जन्मिएको देश
भृकुटी जन्मिएको देश
शान्तिको अग्रदुतको देश
हिमाली आरोहणीको देश
राष्ट्रपति महिला भएको देश
तर विडम्बनाले जेलिएर
दिनदिनै साना नानी बलात्कृत
स्कुले विद्यार्थी बलात्कृत
कोठामा बसेका बलात्कृत
सबै ,वैदेशिक चलचित्र र चालचलनको फोटोकपीले अनि
आफ्नै परिवार सुरक्षित छैन् अझै शान्तिले भरिपूर्ण मेरो देश भनी गतिहिनहरु फुर्कदै छन्

हिजो विश्व सामु चिनिएको देश
आज,कसैले चिन्दैन
न सिमा जोगिए
न विदेशी विपरित होमिए
मात्र विदेशी मुद्रामा लैबरी खेली
आफ्नो घर, छोराछोरी बनाए
देश धमिराले खाएझै खोक्राए
अझै मै महान भनी उघ्रदै छन्

त्यसैले आफ्नो देशको पहिचान बचाउन
वैदेशिक अदण्य छत्रछाया घटाउन
विदेशी सम्बन्ध घटाउ
जे पहिला थियो त्यहि अवस्थामा लेराउ।
सबैले म मरे पनि मेरो देश बाचिरहोस् भन्ने गाथाका साथ अघि बढे देश आफ्नै गतिमा अग्रपंक्तिमा चल्छ

 

Read More Nepali Poem at Offline Thinker:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *