Nepali Poem | धुर्वीय खानी | Kuma Raj Subedi

Kuma Raj Subedi

निलो तलाउ

ॲाखा जस्तै

कति शान्त

कति निश्चल

पारदर्शी पानी

जब यो मनको भित्तोमा

ठोकिन्छ

तब

उठ्दछ ज्वारभाटा

अनुरागको

शान्त हुन कठिन छ।

त्यसैमा

नौका बिहार गर्दै

अन्वेषण नभएका

तनका टापुहरू खोच्दै

निथ्रुक्क भिज्न मन छ।

स्नेहको खडेरी पर्दा

बरूकिको दुआलीले

चिरा चिरा परेका

मनका फॅाटहरु सिचॅाइ गर्ने

बलियो तन छ ।

केशराशी झैं फिजारिएको

बादल जब

बर्सन्छ आँशु बनि

चिप्लन्छ लसक्क पर साथ

एकान्तमा सम्झी टोलाउने

कस्तो एकोहोरो पन छ ।

आऊ,

समाहित होऔं

जुग जुग

ऋृतु नफेरी दक्षिणी धुर्वीय

तलाउ झैं

लुकाई आफैं भित्र

यौवन र वासना

अनन्त सम्म

कठॅाग्रिरएर

प्रेमरसको उत्तखनन् गर्ने

अमूल्य खानी – समाधि बनौं त !

 

-कुमाराज सुबेदी , एडिलेड, अस्ट्रेलिया

 

 

 

Read More Nepali Poem at Offline Thinker:

 

 

 

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *