Nepali Poem | रोकिने छैन | Santusti Parajuli

Santusti Parajuli
म मनका भावनाहरू
कवितामा उतार्न चाहन्छु
देखेका सपनाहरू
कवितामा समेट्न चाहन्छु
खुला आकाशमा पन्छी उडेसरी
स्वतन्त्र जीवन जिउने रहर छ मेरो
काँडा बीचमा गुलाफ फूलेसरी
हर कठिनाइका बीचमा मुस्कुराउने रहर छ मेरो
अनेक मानिसहरुका अनेक सपना छन् यहाँ
मेरा जस्तै
सपना अनेक भएपनि
त्यही अनेकतामा एकता खोजिरहेछु
थाहा छैन सपना कहिले पुरा हुन्छ !
तर म विश्वास बाँधेर बाँचिरहेछु
कलामा रमाउने
साहित्यमा डुब्ने प्रयास
प्रयास निरन्तर छ
मेरो कलम रोकिएको छैन, रोकिने छैन ।
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *