Kuma Raj Subedi

Kuma Raj Subedi

प्रेमको मोर्चाबन्दी | Nepali Poem | Kuma Raj Subedi

जिन्दगीको मोर्चामा हामीसंगै थियौ, मात्र फरक यति थियो कि तिमी शत्रु पक्ष। म चाहन्छु मेरा कुनै बारूद र क्षर्राले तिम्रो रूप विभत्स नबनोस्, घर नउजाडियोस् र नबनुन् सपनाहरू टुहुरा। जीवनको मध्यबाटोसम्म मारहान्न सक्ने मेरा नजरका तोपहरू बसिरहुन् तिम्रा आगन र चोकहरूमा र त्रसित रहुन बैरीहरू जो जात र भातकै नाममा दुईतर्फी मोर्चामा हामीलाई सामेल गराइ […]

Kuma Raj Subedi

Nepali Poem | सुनचॅादी भए माया | Kuma Raj Subedi

सुनचँदी माया भए किन्थेँ तराजुमा जोखेर संगालेर पोको पार्थेँ छताछुल्ल पोखेर   हिरामोती माया भए माला दिन्थेँ उनेर सधैंभरी पोको पार्थेँ रड्ग मिलाई चुनेर   बिहानीको किरण भए चुम्थेँ बाग डुलेर गीत भए माया यो गुनगुनाउथेँ आफैलाई भुलेर   माया भए फूल बसन्तको कुरीबस्थेँ ऋतु गनेर जलभए हिमतालको बग्थेँ नदी बनेर   माया भयो धुप गृष्मको विलाई गयो डॅाडामा फूल नभई ओईलायो मुटु बल्झ्यो कॅाडामा   Read More From Kuma Raj Subedi Read […]

Kuma Raj Subedi

Nepali Poem | किनकी तिमी खास छौ | Kuma Raj Subedi

घामको पहिलो किरण सगैं दर्शन मिलोस् तिम्रो जता जता मेरो नजर त्यही पुगोस् तिम्रो। अत्तर बनोस् तिम्रो स्वास याद बनोस् साथ आँखा तिम्रो ज्योति बनुन् सहारा बनुन् हात । छली छली नजर मिलोस् मुस्कान एकै नास थोपा थोपा बनोस् प्याला संतमय होस् साथ। पॅख बनोस् केशराशी मृदुल होस् स्पर्ष विघ्नवाध हटुन् सबै गरौंला मिली संधर्ष। […]

Kuma Raj Subedi

Nepali Poem | धुर्वीय खानी | Kuma Raj Subedi

निलो तलाउ ॲाखा जस्तै कति शान्त कति निश्चल र पारदर्शी पानी जब यो मनको भित्तोमा ठोकिन्छ तब उठ्दछ ज्वारभाटा अनुरागको शान्त हुन कठिन छ। त्यसैमा नौका बिहार गर्दै अन्वेषण नभएका तनका टापुहरू खोच्दै निथ्रुक्क भिज्न मन छ। स्नेहको खडेरी पर्दा बरूकिको दुआलीले चिरा चिरा परेका मनका फॅाटहरु सिचॅाइ गर्ने बलियो तन छ । केशराशी झैं फिजारिएको बादल जब बर्सन्छ आँशु बनि चिप्लन्छ लसक्क पर साथ एकान्तमा सम्झी टोलाउने कस्तो एकोहोरो पन छ । आऊ, समाहित होऔं र जुग जुग ऋृतु नफेरी दक्षिणी धुर्वीय तलाउ झैं लुकाई आफैं भित्र यौवन र वासना अनन्त सम्म कठॅाग्रिरएर प्रेमरसको उत्तखनन् गर्ने अमूल्य खानी – समाधि बनौं त !   -कुमाराज सुबेदी , एडिलेड, अस्ट्रेलिया     […]