सुनचँदी माया भए
किन्थेँ तराजुमा जोखेर
संगालेर पोको पार्थेँ
छताछुल्ल पोखेर
हिरामोती माया भए
माला दिन्थेँ उनेर
सधैंभरी पोको पार्थेँ
रड्ग मिलाई चुनेर
बिहानीको किरण भए
चुम्थेँ बाग डुलेर
गीत भए माया यो
गुनगुनाउथेँ आफैलाई भुलेर
माया भए फूल बसन्तको
कुरीबस्थेँ ऋतु गनेर
जलभए हिमतालको
बग्थेँ नदी बनेर
माया भयो धुप गृष्मको
विलाई गयो डॅाडामा
फूल नभई ओईलायो
मुटु बल्झ्यो कॅाडामा
Read More From Kuma Raj Subedi
Read More Nepali Poem at Offline Thinker:
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments