Nepali Poem | धुर्वीय खानी | Kuma Raj Subedi
निलो तलाउ ॲाखा जस्तै कति शान्त कति निश्चल र पारदर्शी पानी जब यो मनको भित्तोमा ठोकिन्छ तब उठ्दछ ज्वारभाटा अनुरागको शान्त हुन कठिन छ। त्यसैमा नौका बिहार गर्दै अन्वेषण नभएका तनका टापुहरू खोच्दै निथ्रुक्क भिज्न मन छ। स्नेहको खडेरी पर्दा बरूकिको दुआलीले चिरा चिरा परेका मनका फॅाटहरु सिचॅाइ गर्ने बलियो तन छ । केशराशी झैं फिजारिएको बादल जब बर्सन्छ आँशु बनि चिप्लन्छ लसक्क पर साथ एकान्तमा सम्झी टोलाउने कस्तो एकोहोरो पन छ । आऊ, समाहित होऔं र जुग जुग ऋृतु नफेरी दक्षिणी धुर्वीय तलाउ झैं लुकाई आफैं भित्र यौवन र वासना अनन्त सम्म कठॅाग्रिरएर प्रेमरसको उत्तखनन् गर्ने अमूल्य खानी – समाधि बनौं त ! -कुमाराज सुबेदी , एडिलेड, अस्ट्रेलिया … Continue reading Nepali Poem | धुर्वीय खानी | Kuma Raj Subedi
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed