घामको पहिलो किरण सगैं
दर्शन मिलोस् तिम्रो
जता जता मेरो नजर
त्यही पुगोस् तिम्रो।
अत्तर बनोस् तिम्रो स्वास
याद बनोस् साथ
आँखा तिम्रो ज्योति बनुन्
सहारा बनुन् हात ।
छली छली नजर मिलोस्
मुस्कान एकै नास
थोपा थोपा बनोस् प्याला
संतमय होस् साथ।
पॅख बनोस् केशराशी
मृदुल होस् स्पर्ष
विघ्नवाध हटुन् सबै
गरौंला मिली संधर्ष।
नजर रहोस् अम्मृतसरी
माया अपरम्मपार
तिम्रो स्तुति गाईरहॅु
बनाई गितासार ।
-कुमाराज सुबेदी , एडिलेड, अस्ट्रेलिया
Read More From Kuma Raj Subedi
Read More Nepali Poem at Offline Thinker:
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
Facebook Comments