प्रेमको मोर्चाबन्दी | Nepali Poem | Kuma Raj Subedi

Kuma Raj Subedi

जिन्दगीको मोर्चामा हामीसंगै थियौ,
मात्र फरक यति थियो कि
तिमी शत्रु पक्ष।

म चाहन्छु
मेरा कुनै बारूद र क्षर्राले
तिम्रो रूप विभत्स नबनोस्,
घर नउजाडियोस्
र नबनुन् सपनाहरू टुहुरा।

जीवनको मध्यबाटोसम्म मारहान्न सक्ने
मेरा नजरका तोपहरू
बसिरहुन् तिम्रा आगन र चोकहरूमा

त्रसित रहुन बैरीहरू
जो जात र भातकै नाममा
दुईतर्फी मोर्चामा हामीलाई
सामेल गराइ
गरे युद्दको सॅखघोष।

आउ लडौ,
अझै लडौ
ताकि दुनियॅाले देखोस्
प्रेम प्रेम नै हुन्छ,
चाहे धरापमा नै किन नपरोस्।

स्वार्थ र अहॅकारका
बॅकरहरुमा
चेतनाका मिसाईल झर्दा
कम्पन आवोस्
रुढिग्रस्त समाजमा

भत्किउन सारा जडहरू

हामी गरौला युद्दबिराम

शान्ति सम्झौता
हामीले साटेका रूमालहरूको झन्डा फहराउदै ।

शुभ बिहानी धुन बजोस्
हाम्रा मिलनका चहानाहरूको

पुजारी बनुन् तिम्रा र हाम्रा
ईस्टमित्र
एकता र सौहार्दताको
घण्ट बजाउदै
र जात रहित समाजको पन्चाम्रित
बॅाड्दै
र बिजयी बनोस् हाम्रो माया।

-कुमाराज सुबेदी, अस्ट्रेलिया

 

 

Read More From Kuma Raj Subedi

Read More Nepali Poem at Offline Thinker:

 

 

 

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *