वर्षा र प्रेमिका | Nepali Poem | Pratik Ghimire

Pratik Ghimire

हेर न,
कस्तो संयोग,
धेरै पछि हामी भलाकुसारी गर्दै छौँ,
अतित सम्झि आन्नद लिदै छौं
लाग्दैछ,
हाम्रो वियोग सजिलो थियो,
एकचोटी सम्झ न,
मौसम कति मलिन थियो
तर मलाई,
हाम्रो अहिलेको मिलन गाह्रो लाग्दैछ,
संसार किच्ने भयंकर चट्टान लाग्दैछ

कस्तो छाटकाट,
न त मौसम रमाएको छ,
किनकी, हामी बोले देखि- हेर न,
पानी परिरहेको छ,
झरी रोईरहेको छ,
उखपात बाढि आउने गरि,
भिषण भल ल्याउने गरि!

मैले सुनेको-
बर्षा त कामुक हुन्छ रे,
अरूलाई जस्तै,
तिमीलाई र मलाई पनि,
सम्झ त, हामी सँगै भिजेको-
काउकुती लागेन कतै?
पानी छिट्याउदा म तिमीलाई सम्झिन्छु,
हरेक झरीमा म तिमीलाई नै सम्झिन्छु,
अरुलाई पनि सम्झिन्थे होला,
तर अचेल,
हामी सँगै हुन खोजे देखि,
म तिमीलाई मात्र सम्झिन्छु
किन थाहा छ?

किनकी,
किनकी मेरी माया:
जबजब झरी पर्छ,
तबतब तिम्ले भुई पुछेको दृश्य,
मेरो आँखामा झल्झली आउँछ
हिहि-
तिम्रो झ्यालबाट पानी रसाउँछ,
र तिमीलाई कत्ति सताउँछ,
हरेक बर्खामा भुई पुछ्न कति कठिन हुन्छ होला है?

बसSSS तिम्ले,
सुरूवाल घूढासम्म सारेको,
पटुकी जसरी पछ्यौरी कम्मरमा बाँधेको,
औँलाले पसिना पुछ्दै,
थोत्रो टालोले भुई पुछेको बाहेक,
अरू म के नै सम्झन सक्छु होला र?

Facebook Comments
I write—sometimes for myself—most of the time for others.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *