वेश्या बेहुली | कविता | Pratik Ghimire

pratik ghimire

कालो अनुहार,
कानमा पहेँला ढुङ्ग्री,
सिउँदोमा सेतो सिन्दुर,
वाह!
विधवा बेहुली जसरी सजिएका छन्,
काठमाडौँका सडक,
वृद्ध बेहुलो आउने पर्खाइमा!

बेहुलो आतुर छ,
सडकमा पुग्न,
निर्धक्क कुद्न,
सजिएर लमतन्न पसारिएकी बेहुलीको,
सर्वाङ्ग लुट्न,
थोत्रो मोटर जबर्जस्ती जोत्न!

अनविज्ञ छन् ति सडक,
रहस्यमय छ त्यो सिङ्गार,
नयाँ वर्षको उपलक्ष्यमा लुगा फेराईएको हो कि?
अहिले मोटर नआउने थाहा हुँदाहुँदै,
छिमेकीलाई देखाईएको हो कि?
शुन्यता पुर्न,
मन बहकाईएको हो कि?

यस्तै भाग्य देशका सारा सडकले पाउन्,
बेहुलाको करणी रोकेर,
केहीदिन आनन्दको सास फेर्न पाउन्,
नयाँ लुगा र गहना भिर्न पाउन्,
दुनियाँ मोटरसंगको सम्बन्धको प्वाल,
टालटुल पुर्न पाउन्!

वेश्या भएका सडक,
फेरि बेहुली हुन पाउन्!

-Pratik Ghimire

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
I write—sometimes for myself—most of the time for others.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *