शहिद र शालिक | Pratik Ghimire | Nepali Poem
हर दिन, हर वखत, हर प्रहर म ठिङ्ग उभिएको हुन्छु फगत स्वतन्त्रता बोकेर पत्तो छैन, म शहिद हुँ कि शालिक! तिमीहरुको निम्ति- मृत्यु केवल एक बाध्यता होला मेरो निम्ति- मृत्यु बाध्यताको विश्राम हो! मलाई उकुसमुकुस हुन्छ तिमीहरुको निरिह अनुहारमा, चरम लापरबाही देखेर किनकी, स्वतन्त्रतामा बाध्यता कतै हुँदैन! जब-जब माघको महिना आउँछ, मेरो सेरोफेरो भिड सल्बलाउँछ […]

