विश्वकप नदेखेको म | Nepali Poem | Pratik Ghimire

pratik ghimire
२००२ मा ब्राजिलले विश्वकप जित्दा,
मेरा बाले,
काखे बालक मलाई,
दुई हात उफार्दै,
अबोध अवस्थामा नै,
ब्राजिल समर्थक बनाएका थिए रे!
तपाईं पत्याउनुहुन्छ?
२०२२ मा पनि म अबोध नै छु।
किन था’छ?
किनकी,
मेरो आँखाले,
विश्वकप देखेको छैन्…
पाँचवटा तारा छवटा हुँदा,
कस्तो देखिन्छ देखेको छैन्…
मलाई,
अहिले कै अवस्थामा,
२००२ मा पुग्न मन छ,
र,
दुई हातले बासगं अङ्गालो हाल्दै,
दुई हात उफ्रने मन छ,
ब्राजिलले विश्वकप जितेको खुसियालीमा।
म के गरौँ?
मलाई सुझावको अपेक्षा छ…
२००२ मा पुग्ने दुस्साहस गरौँ,
कि,
२०२२ को दुर्भाग्य सम्झिदै,
सुनौलो २०२६ को प्रतिक्षा गरौँ।

Read more nepali poem from Pratik Ghimire:

Facebook Comments
I write—sometimes for myself—most of the time for others.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *