काठमाडौँमा माया | Nepali Poem | Pratik Ghimire

Pratik Ghimire

मलाई थाहा थिएन!
मलाई थाहा थिएन काठमाडौँमा,
यत्र, तत्र, सर्वत्र माया छरिएको छ भनेर

तिमी याद गर त,
कोटेश्वरमा तिमीलाई बेरोजगार ठानेर विज्ञापन पत्र दिने केटी,
याद गर,
ति हातको स्पर्शबाट उत्पन्न भएको अनौठो तरङ्ग!
याद गर,
ति दुई जोडी आँखा जुध्दा साटिएको अप्ठ्यारो मुस्कान!
अनि याद गर,
तिमीले लिएको त्यो विज्ञापन पत्र,
जसमा प्रेम पत्र जत्तिकै भावना छापिएका थिए

अब याद गर,
काठमाडौँका हरेक चोक, गल्ली, डबली,
जहाँ यस्तै, त्यस्तै, उस्तै माया बाँडिरहेका छन्,
प्रेमका परीहरु!

Facebook Comments
I write—sometimes for myself—most of the time for others.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *