कति राम्री | Aditya Bhusal (यश) | Nepali Poem

Aditya Bhusal (यश) nepali poem

बिना कुनै शृंगार तिमी मैले हेर्दा कति राम्री

होइन कसैको अवतार तिमी मैले देख्दा कति राम्री ।

लजाउँदै मुस्कुराउँदा झन तिमी साह्रै राम्री

सुटुक्क मेरो मन चोर्दा झन तिमी कति राम्री । ।

 

टाढैबाट तिमीलाई हेर्दै लजाउने गर्थें म

नजिकबाट तिमीलाई नियाल्दा झन तिमी कती राम्री ।

तिम्रो मीठो मुस्कान हेर्न कति समय कुर्थें म

मेरै सामु हाँसिदिँदा झन तिमी कति राम्री । ।

 

तिम्रो आँखाको गहिराइमा म त सधैं डुब्ने गर्छु

आफ्ना नजरले सारा संसार, घायल पार्दा कति राम्री ।

तिम्रो सौन्दर्यको वर्षातमा म त सधै भिज्ने गर्छु

वरिपरी मात चडाउँदै पाइला सार्दा कति राम्री । ।

 

विपनामा तिमीलाई हेर्दै समझनामा कल्पिरहन्छु

सपनामा मेरो सामु आउँदा त कति राम्री ।

मेरो मनको आँखाबाट तिम्रो बयान गरिरहन्छु

मेरै दिलको भित्ता भरी छाउँँदा त कति राम्री । ।

 

तिमीले केश फिजाउँदा मेघ पनि लजाउछ

बादल जस्ता तिम्रो केश फिजौदा कति राम्री ।

तिम्रो स्वरको मिठासमा वेग पनि हराउछ

आफ्नो स्वरले सारा संसार रिझाउँदा कति राम्री । ।

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *