शब्दजाल | Nepali Poem | Raju Ubarkoti | काव्यकुञ्ज कविता प्रतियोगिता

Raju Ubarkoti

के चाहान्छौ, के बुझेका छौ
या भन के जान्न चाहान्छौ
तिम्रो दुनियाँ कल्पनामा छ कि यथार्थमा मलाई बताइदेउ
के को खोजीमा छौ तिमी सत्यता, प्रेम या न्याय
या भन् केको डर छ तिमीलाई
कालको, प्रेम जालको कि
महाजाल इन्द्रजालमा वणिर्त एक छलको ।।

सबैले बताईदेउ, को कोलाई कहाँ कहाँ रम्ने मन छ
पीडाको दुनियाँमा हर्षित पीडित हुने मन छ कि
कुनै सुन्दर ऋतुको कुनै चरीको संगितमा रम्ने मन छ
उज्यालोको अन्धकारमा रम्ने मन छ कि अन्धकारको उज्यालोमा
निसंकोच बताउ, के तिमीलाई प्रेमिल दुनियाँमा रम्ने मन छ?

चाहाना हो राख , सोचले भ्याएसम्म सपना देख
तिमीलाई के को पात्र बन्ने मन छ,
नाटकको, कथाको, काव्यको या इतिहासको
तिमी कुन वाद जान्न चाहान्छौ
माओवाद , जिन्दावाद, राष्ट्रवाद या प्रेमवाद ।।

थाहा छ प्रेमवाद, एक चक्रव्यु हो
जो प्रश्नमै शुरु हुन्छ र प्रश्नमै अन्त्य
के के कुरा बुझ्छौ तिमीले
भौतिकवाद , पुजीवाद
या भन्न कुन वाद चिन्छौ तिमीले
वादहरु सबै विचार हुन् र भाव हुन् ।।

के यो बुझ्का छौ तिमीले
मलाई जान्ने इच्छा छ
कहाँ सम्म सोच्न सक्छौ तिमी
शून्य देखि अन्त्यसम्म या अन्त्य देखि शून्यसम्म
के तिमीलाई थाहा छ
शून्य नै सबै हो अनि अन्त्यनै आरम्भ ।।

म कोर्न चाहान्छु, शब्दको खेल
जाने इच्छा छ खेलमैदानमा
जहाँ: शब्दनै प्रहार होस् , शब्दनै ढाल होस्
शब्दनै शरीर होस् , शब्दनै लास होस्
सबै-सबै शब्द होस् ।।

मलाई शब्द खेल बन्ने मन छ
जो हुँदा सबै होस् , नहुँदा सबै अर्थहीन होस्
जो नहुँदा यो जगत पनि फगत कल्पना भन्दा नि टाढा होस्
खेलको दर्शक हुने कामना छ
जसले सबै देखेर पनि शब्दहीन होस्
शब्दहीन जो भावमा होस् शब्दमा हैन ।।

भाव देख्ने को छ र यहाँ
छन् होला महसुस गर्ने त
तर अफसोस, शब्दनै नरहे महसुस के होला
शब्दनै नरहे प्रेम के हुन्छ,
कुटिलता कहाँ जान्छ ।।

विचारनै नरहे विकार कहाँ बस्छ
समय नै नभए, के नै पो चल्छ र
शब्द नभए, आत्मा हुनेछैन
आत्मा नभए, ईश्वर कहाँ बस्ने हुन
ईश्वर नै नरहे, कसलाई पुज्नेछौ?
केले पुज्नेछौ?
कुन मन्त्रले पुकारछौ ?

समय नै नभए, वेग हुनेछैन, ऋतु हुनेछैन
मौसम बिना जीवन हुनेछैन
जीवन नभए मृत्यु हुनेछैन
मृत्यु नभए शोक हुनेछैन, शोक नभए भोक हुनेछैन
भोक न भए रोग हुनेछैन, न धर्म हुनेछ न कर्म न त प्रेम नै ।।

न ज्योति हुनेछ, न अन्धकार नै
शून्य सरी हुनेछ ब्रह्माण्ड
अनन्त आकार भएर पनि यो ब्रह्माण्ड निराकार हुनेछ
यहि त हो चमत्कार शब्दजालको
जसले एकलाई अनेक बनाउँछ
र अनेकलाई एक देखाउँछ ।।

।।शब्दजाल नै त यो धन्यवाद ।।

-Raju Ubarkoti

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author
I love to Write Poem and hope to do something with this

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *