Janai Purnima: Secrets of Sacred Thread | जनै पूर्णिमा | रक्षा बन्धन |

Janai Purnima

जनै पूर्णिमा

आफ्नो सुरक्षाका निम्ति विशेष मन्त्रले मन्त्रिएको डोरोलाई उदयव्यापिनी पूर्णिमा तिथिका दिन जनैका रुपमा लगाउने पर्वलाई जनै पूर्णिमा भनिन्छ।

यसरी मन्त्र पढिएको डोराले देवऋण, पितृ ऋण तथा ऋषि ऋणबाट मुक्ति दिलाउने जनविश्वास भएकोले ऋषिहरुको सम्झना गर्दै जनै लगाउने यो पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ।

यो पर्वमा हिन्दु धर्मावलम्बीले ९ वटा देवहरु उँकार, अग्नि, सर्प, सोम, प्रतपति पितृ, अनिल, यम, व्रह्मा, विष्णु महेश्वर र विश्व देवलाई विशेष मन्त्रद्वारा जनैको तन्तुमा आव्हान गर्दछन्। यसरी आव्हान गरी बनाइएको डोरोलाई नाडीमा बाँधेमा आफ्नो सुरक्षा हुने जनविश्वास छ। शरीरका ९ वटा इन्द्रीय, पञ्च ज्ञानेन्द्रीय अन्तर इन्द्रीय, संहित सरस्वतीको षट्कोणलाई पनि जनैले संकेत गर्ने हिन्दु मान्यता छ।

नजिकैको नदी, तलाउ, जलासय, इनार, पोखरी तथा धारामा गइ दतिवन, कुश, खरानी, माटो, गोवर आदि शरिरमा लगाएर नुगाएमा शरीर शुद्धि भएको मानिन्छ। जनै लगाउनेहरुले यसरी विधिपूर्वक नुहाएर मात्रै जनै लगाउने गर्दछन्। शरिर शुद्ध भए मन शुद्ध, मन शुद्ध भए विचार पनि शुद्ध आउँछ भन्ने हिन्दुधर्मावलम्बीको मान्यता छ।

जनै पूर्णिमाPhoto: Nabin Babu Gurung (Setopati)

 

जनैमा हुने डोरोले देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्ति हुने जनाउँछ भने जनैमा हुने शिखाले हरेक दिन गरिने स्वाध्याय, अतिथि सत्कार, पितृतर्पण, भूतबलि लगायत होमजस्ता पञ्च महायज्ञलाई जनाउँछ।

जनैपूर्णिमालाई पवित्रता, धागो, बन्धन, र सुरक्षाको चाड पनि भनिन्छ। बाल्यकालपछि विधिपूर्वक व्रतबन्ध संस्कार सम्पन्न गरी, गुरू अथवा पुरोहितले मन्त्र दिक्षालाई निष्ठापूर्ण धर्म अगाल्दै सत्यको मार्गमा चल्ने संकल्प गराएमा संस्कारी पिढी तयार हुन्छ भन्ने मान्यता छ।

यसै मान्यताका आधारमा देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको तल पारेर गुरू अथवा पुरोहितले मन्त्र उच्चारण गरेर बनाएको जनै लगाउने गरिन्छ। कतिपय मानिसले गुरू पुरोहित कहाँ गएर अथवा मठमन्दिरमा गएर ब्रह्मा विष्णु, महेश्वर र कर्म उपासना र ज्ञानको योगको रूपमा मन्त्रीएको डोरोलाई धारणा गर्ने चलन पनि चलिआएको छ।

जनै पूर्णिमाका दिन ९ प्रकारका अन्न भिजाएर टुसा उम्रिएको गेडागुडी पकाएर खाएमा निरोगी हुने जन विश्वास छ।

यसैगरी जनै पूर्णिमाको दिनमा हातको नाडीमा बाधेको डोरोलाई गाई तिहारको दिन गाईको पुच्छरमा बाँधेमा पुण्य प्राप्त हुन्छ भन्ने पनि मान्यता चलlआएको छ। जनैपूर्णिमाका दिन विभिन्न मठमन्दिर पहाडको शिखर तथा त्रिकोणीधाममा मेला लाग्छ। यही बेला ससुराली गएर ज्वाइँहरुले ससुराको हातबाट जनै फेर्ने पनि हिन्दुधर्मावलम्बीहरुको चलन परम्परागत रूपमा चल्दै आएको छ।

 

तराईमा रक्षा बन्धन पर्व

दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई माया, स्नेह, र प्रेमको बन्धनको रूपमा विभिन्न रंगीचंगी बनाइएको धागोलाई दाजुभाइको नाडीमा बाँधिदिएमा दाजुभाइको दिर्घायु, सुस्वास्थ्य, रगति हुने जन विश्वासका साथ तराईमा रक्षाबन्धन पर्व मनाइन्छ। खासगरी यो पर्व भारतमा दिदीबहिनीले आफ्नो दाजुभाइको दिर्घायु र वाधा अड्चनबाट मुक्ति मिलोस भन्ने कामनाका साथ मनाउँदै आएकोमा नेपालको तराईमा पनि दिदीबहिनीहरुले त्यसैगरी आफ्नो दाजुभाइलाई रक्षाबन्धन अर्थात् राखी बाधी दिने चलन चलेको हो। रक्षाबन्धन सम्बन्धी कथा पद्धपुराण, श्रीमद भगवत पुराण र स्कन्ध पुराणमा विभिन्न तरिकाले वर्णन गरिएको पाइन्छ।

रक्षा बन्धनको आफ्नै माहिना रहेकोले परम्परादेखि मान्दै आएको चाडपर्वले भाइचारा, सुमधुर सम्बन्ध, र सहयोगको भावनामा मद्दत पुग्नेमा विश्वास गरिन्छ।

रक्षावन्धन चाड र जनै पूर्णिमा पर्वको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदी बहिनीमा हार्दिक मंगलमय शुभकामना छ।

 

 

Read More on Nag Panchami:

नाग पञ्चमी | Nag Panchami: Why Nepali celebrated it? – Offline Thinker

 

 

Also Read:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *