यो भन्दा धेरै माया गर्न सक्दिन म | Confession #101

माया

यो भन्दा धेरै माया गर्न सक्दिन म

लेख्न सुरु गरेको समयः रातिको १०:२०

Dear XXXXX दाइ,

उफ!! चिठी?? यो केटी लास्ट क्रेजी….. कति ल्याङ गर्छे बा….कसरी पिछा छोड्छ होला??

कुन जुनीमा भेटे छु?? …..कहिले लेट नाइट ड्रिङ्स गरेर फोन गर्छे कहिले के.. … ( यो चिठी पढ्दा तपाई १००% यहि कुरा सोचिरहनुभएको छ होला) चिठी पढ्न पनि मन छैन होला है?? हाँस्दै?? यति पढ्दा पक्कै पनि एक स्माइल त दियो होला…..

          ह्या….. म यस्तो क्रेजी भएको देखेर आफै वाक्क लागि सक्यो……कति तपाईको नाम सम्झेर बस्नु? साँचो कुरा भन्नुपर्दा म त्यति धेरै पागल पनि भएको छैन तपाईप्रति। तपाईको त्यो चिठीको हाइलाइटेड वाक्य, ‘अ, म तिमीलाई माया गर्छु। तर ५०% माया गर्छु र ५०% गर्दिन’ यहि वाक्यको कारणले तपाईक बारेमा दिनरात सम्झेर बसेकी हुँ।

     यहि तपाईले पहिले नै इग्नोर गरेको भए, मेरो मतलब ह्या…… त्यो ‘म तिमीलाई माया गर्दिन भनेको भए? अथवा अरु केहि वा जे केहि भन्देको भए म आशा नै राख्दिन थिए तपाईले मेरो माया स्वीकार गर्नु हुन्छ भनेर। र मैले गरेको पहिलो प्रोपोज पछि तपाईको पिछा नै गर्दिन थिए होला।

     लोल….. टपिक चेन्ज। जे भयो भयो….. पास्ट इज पास्ट! इट्स गन। (Past is Past! It’s Gone)

     अस्ति तपाईसँग राति बोल्दा म साथीको घरमा थिए। साथी, उसको दिदी, मसँगै थियो है.. हामी बोल्दा पनि फोन लाउडस्पीकरमा थियो….. अनि त्यो दिन थाहा भयो म किन लक्की रहेछु भनेर। लक्की मात्रै होइन, अताह भाग्यशाली हुन मन थियो। तर साँच्ची भन्दा माया गर्न पुरा जिन्दगी बाँकी छ। यो संसारमा तपाई मात्रै छ र केटा?? यो चिठी लेख्ने बेला मलाई यो कुरा महसुस भयो। त्यसैले लेख्दै छु।

     भर्खर किशोरी अवस्थामा त छु। हो! तपाई ठीकै हो। सबैलाई आउँछ त्यो समय, त्यो भावना, त्यो मनोभाव, तर कन्ट्रोल गर्न जान्नु पर्दो रैछ।

हाहा.. सम्झेर नि हाँसो उठिरहेको छ। तपाईको मामु सित कुरा गर्ने सोचमा थिए। खोइ के भुत चढेको हो…… फरि सोचे के कुरा गर्नु, मेरो बेइज्जत मात्रै। खाएको बेला के-के भनेछु थाहा नै भएन।

केटी पट्टाउन चाहि हिरो के तपाई। के मा फिदा हुँदो रहेछन् खोइ?? क्लासको पनि त्यस्तै लाइन रैछ तपाईको नाम जपेर।

राति ११: २५ भयो। सोचेँ- सोचँ! के लेखिराको छु। होलवर्क गर्नै अल्छी लागिरहेको थियो त्यहि भएर लेखेको। हामी पनि एक जमानामा तपाईँ नामक व्यक्तिसँग लभमा परेको इतिहास छाप्यो। ‘नो निड टु वरि अबाउट लेट नाइट फोन कल, मेसेज अर एनि थिङ’ (No need to worry about late night phone call, message or anything. )

मैले धेरै सोचेँ तपाईको भाउ, एटिट्युड, बानीको बारेमा…..अब मलाई ती केहि चाहिएनन्। तपाई दाइ सम्मै ठीक छ। त्यो भन्दा माथिको सम्बन्ध केहि चाहिएन अब। हाहा, अचम्म लागिरहेको होला तर भयप अब धेरै दुःख दिदिँन म तपाईलाई। भयो अब चाहि……

खासमा यो चिठओ बर्थ डे चक्लेट दिन लेखेको थिए लास्ट महाभारत नै भयो। यत्रो कहानी सुनाय, सुनायो बर्थ डे चक्लेटको कुरै गरेन भन्ला। अर्को प्याकेटमा छ। अस्ति ठूलो ठूलो चक्लेट पनि थियो। डेरीमिल्क सिल्क। तपाईदेखि खोइ किन पो रिस उठिरहको थियो त्यसैले सबै आफै खाएँ।

तर अब खुसी हुनुस्। मैले पठाएको सानै डेरीमिल्क पढ्दै त्यो चक्लेट पनि खानुस्। यो चिठी पढेर जे सोचे नि सोच्नुस्। मलाई राम्रो सोच्नु कि नराम्रो तपाईको इच्छा। त्यहि हो मेरो भित्री भावना र कुरा तपाईको बारेमा।

सायद अब हाम्रो भेट होला या न होला। टाटा!!

तपाईको ह्रदय तोड्ने केटी,

XXXXXXX XXXX

[You can’t love me more than that! I also can’t force you on that.]

लेख्न समाप्त भएको समयः रातिको १२:०० बजे

शुभरात्री!!

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *