हाईकु -Jivan Shahi | Offline Thinker
1.
पुण्य कमाउ,
पबित्रता अँगाल,
पाप त्यागेर !!!
2.
सांक्षी राखेर,
पुराना गल्तिहरु,
नयाँ यात्रामा !!!
3.
उनका ओठ,
सलबलाउंछ्न,
मलाई देख्दा !!
4.
केही चाहना,
र बालुवाको घर,
उस्तै लाग्छन!!!
5.
उनी आईन,
अंगालोमा बाँधिन,
झल्यास ब्युंझे !!!
6.
ओठहरुले,
स्पर्श गर्दो रहेछ,
मौका मिलेसी !!!
7.
पुरानो याद,
फाटेको धोती-टोपी,
साँक्षि स्वरुप !!!
8.
कर्म बेगर,
फल पाउने आश,
दिवा सपना !!!
Read More From Jivan:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments