खाडल…. | Jiban Shahi | यायावर जि

Jivan Shahi Nepali Poem
धेरै धेरै माथि
आकाश ढाकिँदा
कालो बादल कराएर
बेस्सरी रोएर
धर्तीमा खसेका
करोडौं पानीका थोपाहरुले
कोमल धर्तीको छातीमा
साना साना असंख्य
छिद्रहरु पर्छन्
र फेरि पुरिन्छ्न्…..
तर
धेरै धेरै माथि
वर्षौ पुरानो
प्रिय आत्मीय
आफू बसेको न्यानो
धरातल छोडेर
तिमी उडेर जाँदा
यो मुटु नामको धर्तीमा
एउटै ठूलो खाडल परेछ
जुन भयानक छ
पिडादायी छ
निर्दयी छ
र थाहा छैन
कहिले पुरिन्छ ।।।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *