आमा | Jivan Shahi | यायावर जि

Jivan Shahi
गाउँमा
पिँढीमा बसेझैं गरि
पुरानो साडीको सप्कोले
पिठ्युँमा
रुँदै गरेको दुधे बालक बाँधेर
साँझलाई ढिंडो खान
जाँतोमा मकैका दाना राखेर
फनफनी घुमाउदै
एउटी आमा !
आमा हुनुको जिम्मेवारी
अनि
गृहणी हुनुको सौभाग्य
दुबै
एकैसाथ
निभाइ रहेकी थिन् ।।।
                                       :~ यायावर जि
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *