गफ नै त हो | Jiban Shahi | “यायावर जि”

Jivan Shahi Nepali Poem
रेल कुदाउँछु भन्नेहरु
पानी जहाज चढाउँछु भन्नेहरु
गाउँ घर सहरमा
ग्यास पाइप जोडाउँछु भन्नेहरू
सत्र हजार मारेर
साँच्चै शान्ति ल्याउँछु भन्नेहरू
खै ! कता विलय भएछ्न् ।
वा भनौं पलायन भएछ्न् ।
बोल्न छोडे
देखिन छोडे
भेटिन छोडे
बिडम्बना !
रेल चढेर गुड्ने
पानी जहाजमा सयर गर्ने
पाइप वाला ग्यासमा पकाउने
शान्ति आयपछी चयनसँग जिउने
सारा कुरा
हावामा उडिगए ।
र म भन्छु
हावामा उड्ने कुरा
गफै त हो ।
हावा जत्तिकै हल्का कुरा
गफ नै त हो ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *