ह्याप्पी बर्थडे लेख्नु मात्र मित्रको कर्म होइन | Sudip Simkhada

Sudip Simkhada

मेरो प्रिय साथी तिमीलाई जन्मदिनको शुभकामना।

फेसबुकमा ह्याप्पी बर्थडे लेख्नु मात्र मित्रको कर्म होइन। यो कुरा पनि मलाई प्रष्टसँग थाहा छ।

तर खोइ किन हो फेसबुकको म्यासेन्जरमा कुरा गर्दा हात मुख चल्दैन। हुन त फेसबुकले हाम्रो सम्बन्धलाई जनाउने त होइन। तर गल्ती मेरै हो, मैले सम्झिन पर्थ्यो।  यो कुरामा मलाई माफ गर्देउ है साथी।

मेरो तिमीलाई जन्मदिनको अनगिन्ती शुभकामना। तिम्रो सबै सपना पुरा हुन्। तिमी जस्तो छौ त्यस्तै ठिक छौ। अरुको निम्ति परिवर्तन हुन जरुरी छैन। तिमी संसार कै उत्कृष्ट व्यक्ति हौ। जुन कुरामा उत्कृष्टता हुन्छ त्यसलाई परिवर्तनको आवश्यकता हुँदैन।

हो तिमीमा मानिसमा हुनुपर्ने सबै गुण छ। मैले पुस्टि गरिराख्न पर्दैन। आज हामी एकै देशमा नभएता पनि तिम्रो हरेक प्रगतिमा म असाध्यै खुशी महसुस गर्छु।

तिमीलाई याद आउँछ होला नि हामीले स्कुलमा सँगै खाजा खाएको, सँगै नोट्स बनाएको, घुम्न गएको।  आज सायद हामीसँगै भएको भए हाम्रा जिन्दगीका बाटाहरु अझै सजिला हुन्थे होला।

फेसबुकमा म्यासेज नगर्दैमा फोनमा नाबोल्दैमा हाम्रो सम्बन्ध बिग्रेने त होइन नि? हाम्रो सम्बन्ध कच्चा माटो पक्कै होइन, यो त पक्कि घर हो जुन सानोतिनो कुराले टुट्दैन।

जसरी प्रगति गरेका छौ सधै त्यसरी नै प्रगतिको सिखर चुम्दै जाऊ। फेरी पनि तिमीलाई जन्मदिनको अनगिन्ति शुभकामना साथी।

हाम्रो फेसबुके मित्रता कायम रहिरहोस्।

 

 

Read More From Sudip Simkhada:

What I Feels Like to Die Again | Sudip Simkhada

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *