यता कोरोना, उता परीक्षा- ‘तनाव’ | Sudip Simkhada

Sudip Simkhada

यता कोरोनाको तेस्रो लहरको सन्त्रास। उता परीक्षा गराउने वा स्थगित गर्ने कुराको अन्योल।

यहिबीच #cancelexam भन्दै सामाजिक संजाल तातिएको माहोल। संजालमा रवि लामिछानेदेखि नेता गण सबैले विवाद र विचार पोखेको देखिन्थ्यो। विद्यार्थी प्रायले समर्थन गर्थे। केहिले विरोध जनाए।

सामाजिक संजालको शक्ति साच्चीकै ठूलो हुँदो हो। यहाँ खुला रुपमा विचार राख्न पाउने भएकाले नबोल्नेले पनि बोले। सायद दवाव माथिल्लो पदाधिकारीसम्म पुगेछ। अन्नतः ‘प्लस टु’को परीक्षा  स्थगित भएर छाड्यो।

त्यसपछि स्नातक तहको परीक्षा स्थगित गर्नु पर्यो भनेर माग आयो। सामाजिक संजालदेखि भौतिक विरोदका साथ धर्ता र विरोध भए। बीचैमा विज्ञान सकाएका स्नातकोत्तर तहको प्रवेश परीक्षा भौतिक उपस्तितिमा हुने निश्चित भयो।

यो पनि अन्तिममा स्थगित हुन्छ कि भन्ने जिज्ञाशा थियो तर परीक्षा जोडतोडका साथ सम्पन्न भयो। गत वर्षको एसईई परीक्षा पनि अघिल्लो रात मात्र रद्द गरिएको हो।

जुन तरिकाले नेपालमा परीक्षा स्थगित र रद्द भइरहेका छन् त्यो नियाल्दा नेपालको शैक्षिक प्रणालीमा वैकल्पिक विधिको व्यवस्था नहुनुमा दोस दिन सकिन्छ। अर्को भनेको सम्बन्धित निकायहरुले समयमै ठीक निर्णय लिन नसक्नु हो।

यहाँ व्यवस्थापनको कमजोरी देखिन्छ। नेतृत्व गर्नेको कमी देखिन्छ। अन्य प्रणालीबाट परीक्षा लिनु ठीक वा खोप दिएर बल्ल परिक्षा लिनु बेस हुन्छ भनेर निर्णय गर्नेको कमि पाइयो। सामाजिक संजालमा लाखौंको संख्यामा विरोध भएपछि मात्र समस्यामा ध्यान जानु सरकारको लापर्वाही पनि हो।

यी सबै कुराको समाधान भनेको समयमै ठीक निर्णय लिनुसक्ननु हो। शिक्षामा वैकल्पिक विधि अपनाउनु हो। विकासित देशबाट सिकेर व्यवस्थित प्रणाली नेपाल भित्र्याउनु हो। कोसिस नै नगर्नु र कोसिस गर्नै नचाहनु यहाँको अर्को ठूलो भुल मानिन सकिन्छ।

कोरोनाले देशको शिक्षा प्रणालीलाई २ वर्षदेखि पछाडी पारिरहेको अवस्थामा अझै पनि केहि गर्न नसक्नु भनेको हामी शैक्षिक प्रतिस्पर्दामा विश्व बजारमा पछाडी हुनु हो। हाम्रो भविष्यले यस्तो परिस्थितिमा कस्तो मोड लिन्छ भनेर सोच्नु पर्ने बेला आइसकेको छ।

सकिन्छ भने गरेर देखाउने, नसके समर्थन वा विरोध गरेर आवाज उठाउनु ठीक हुन्छ।

 

Read More From Sudip Simkhada:

The Magic Of Seven | Sudip Simkhada

चार साथीको मित्रता | Short Story | Sudip Simkhada

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *