‘आइ ह्याब अ ड्रिम’ अर्थात मेरो एउटा सपना छ। मार्टिन लुथर किंगको यो भनाइले मलाई जहिले छुन्छ। वाक्य त एउटा मात्रै हो तर यसको अर्थको गहिराइ बुझ्दा छुट्टै दुनियाँको आभार हुन्छ।
हुन त म पनि धेरै सपना बुन्ने मान्छे। लेखक बन्ने सपना, देशविदेश घुम्ने सपना, कामबाट चिनिने व्यक्ति बन्ने सपना- अन्य धेरै सपना थाती राख्दै अघि बढेको मान्छे म। तर के तपाईलाई थाहा छ सपना देख्नु पनि कति ठूलो सहास गर्नु हो। धेरैले त सपना देख्न पनि डराउछन्। सोच्न पनि हिच्किचाउँछन्।
त्यही भीडमा अरुले देखेको सपना देखिनसक्ने पनि हुन्छन्। तिनीहरुबाट भने बच्नु होला।
यो सपना देख्नु एउटा एका र कल्पेको कुरा साकार बनाउने क्षमता राख्नु अर्को साहासपूर्ण कार्य हो। सपनालाई कम्पनामा मात्र सितिम पार्नु राम्रो ठान्दिन म। यिनलाई त पूरा गर्नुपर्छ। भन्छन् नि ‘सपना बिनाको मान्छे पुच्छर विनाको बादर जस्तै हुन्छ।’
केहि हदसम्म यो कुरा ठीक पनि हो, तर सपनालाई बाँदरसित दाजेको भने मलाई फिटिक्कै मनपर्दैन।
बरु सपना बिनाको मान्छे गन्तव्यबिनाको गोरेटोमा हिड्ने यात्रु जस्तो हो भन्दा सुहाउला कि।
भन्दा जे भने पनि, नेताले जस्तै भाषणमा चाँहि आफ्नो सपनासिमित कदापी नपार्नु होला। मेरो बिनम्र अनुरोध। त्यो त राजनीति गर्ने गलत सुत्र हो, त्यो मायावी जालमा परेर आफ्नो सपनालाई नमार्नु है।
बरु मार्टिन लुथर किंगले भनेको जस्तै आफ्नो सपनाको पछि लागि राख्नुस् जबसम्म ती सपना साकार हुँदैनन्। सपना नि यसको देख्नुस् जसले तपाईको अस्तित्वलाई परिभाषा दिलाओस्। लोभले भरिएको सपना नदेख्नुस्। त्यो सपनाले हानी पुर्याउन सक्छ।
चियापसलमा सुनाउने गफ सपना हो भनेर झुक्किनु हुँदैन। त्यो विचार मात्र हो। जब त्यो गफले तपाईको निन्द्रा उडाउँछ, तपाईलाई सपना पूरा नहुन्जेल छट्पटाहट हुन्छ, त्यो हो ठूलो सपना। तपाईको सपनाको बारेमा अरुले चिया पसलमा गफ गर्न थाले भने त्यो ठूलो सपना हो भनेको। त्यस्तो सपना देख्न थाल्नुस्। त्यस्तो सपनाको पछि लाग्नुस्।
मान्छेले चन्द्रमामा जाने सपना देखेका थिए। आज पुगेर देखाए। त्यो हो सपना भनेको।
तर बुझ्नुपर्ने कुरा भनेको कुनै सपना ठूलो वा सानो हुँदैन। बस् त्यसले तपाईलाई खुसी बनाउनु पर्यो। परीक्षामा राम्रो अंक ल्याएर छात्रवृति पाएर विदेश जान पाउनु वा आफ्नै नामको किताब प्रकाशन गर्नु सबै सपना हुन्। त्यो साकार गर्न तपाई कति दत्तचित्त परेर लाग्नुभएको छ त्यसले सपनाको उचाइ निर्धारण गर्छ।
ए साच्ची! राति निदाउँदा देख्ने सपनासित माथि लेखिएको सपनालाई नदाज्नु होला। बिहान उठ्दा बिर्सिने सपना र मनैबाट पूरा गर्न चाहेको सपना फरकफरक हुन्। कसरी बुझ्नुहुन्छ तपाईको हातमा।
म त मेरो सपना अनुरुप आफूलाई दिनानुदिन निखार्दै छु, तपाई नि समयमै ठीक बाटो छान्नु है। महत्वपूर्ण कुरा- सपना देख्न भने नभुल्नु होला।
Read More From Sudip Simkhada:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com