हारिन्छ भनेर हार खानु | Sudip Simkhada

Sudip Simkhada

आज अचानक स्कुले जीवनको याद आइरहेछ। सम्झिदा लाग्छ मैले त्यो कविता कहिल्यै नलेखेको भए मेरो लेखाइ प्रतिको माया उहिले मरिसक्थ्यो होला।

कथा म कक्षा ७ पढ्दाको हो।  त्यो बेलामा हामीमा छुट्टै किसिमको जोसजागर हुन्थ्यो। म निकै पढ्थेँ र लेख्थेँ पनि। म पढ्ने विद्यालयको राम्रो पक्ष भनेको हाम्रो स्कुलमा प्रत्येक शुक्रबार केहि न केहि अतिरिक्त क्रियाकलाप हुन्थ्यो। कहिल्यै वादविवाद, कहिले निवन्ध लेखन। जे होस् शुक्रबार आउनुको मज्जा नै बेग्लै हुने।

असार महिनाको अन्तिम हप्ता भानुजयन्ती। त्यहि उपलक्ष्यमा हाम्रो स्कुलमा कविता प्रतियोगिता हुने भयो। हामीले लेखनको ५०% र वाचनको ५०% गरी अंक पाउने निर्णय तय भयो। कक्षा ८, ९, र १० का दाइदिदीहरुलाई कुनै शिर्षक थिएन। आफ्नै रोजाइमा लेख्न पाउने छुट। हाम्रो कक्षादेखि तलका कक्षाहरुलाई भने कुनै तीन शिर्षकबाट एउटा छानेर लेख्नुपर्ने। ती तीनमध्य मैले ‘भानु उस्तै छ देश” शिर्षक रोजेँ। छोटो समयमा कविता तयार पारेँ।

खासमा हामीलाई दिइएको शिर्षकबाट हामीले गोलाप्रथा गरेर एउटा शिर्षकमा कविता तयार पार्नुपर्ने थियो। मैले भाग्यलाई बिश्वास गर्दै अगाडी नै कविता लेखिसकेको थिए। केहि दिनमै शुक्रबार आयो। कविता प्रतियोगिताको दिन। चोठ्ठा गर्दा मलाई सोही विषय पर्यो। त्यो दिन म भाग्यशाली भएँ। मैले लेखेको कविताले भाव पायो, अर्थ पायो, ठाउँ पायो।

त्यो दिन मैले जानेको सिकाइ भनेको हामीले कर्म गर्न कहिल्यै छाड्न हुँदैन भन्ने हो। आज नभए भोलि, हामीले गरेको मेहतनको फल पक्कै पाइन्छ। खासमा हामीलाई पहिलो खुड्कुला टेक्न मात्र गाह्रो हुन्छ। त्यसपछि सबै सजिलो हुँदै जान्छ। सिकाइ के भने, हामीले सानो कुरा हो भनेर प्रयास गर्न छोड्न हुँदैन किनभने भोलि के हुन्छ कसैलाई थाहा छैन।

 

Read More From Sudip Simkhada:

 

ह्याप्पी बर्थडे लेख्नु मात्र मित्रको कर्म होइन | Sudip Simkhada

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *