सपनाहरु | Shashi Sharma Dumre

Sudip Simkhada

आँखामा झल्किएका ती अस्मरणीय पलहरु
समझिदै हराइहालिने
बिडम्बना, कहिले देख्न पाइएला यी आँखाले
देख्न पनि पाइएला र?
आफूले आफैलाई प्रश्न गर्छु र फेरि सपना मै हराउँछु
फेरि त्यस्तै हुन्छ र फेरि हराउँछु ।

एक एक दिन गनेर बसिरहेको छु
कहिले यी प्यारा दिन आँखा सामु देख्न पाइएला भनेर ।

अहिले त जिन्दगी जिउनु नै एउटा सपना भइसकेछ
लाग्छ सपनामै जिन्दगी बाँची रहेको छु
थाहा छैन कहिले बिपनामै सपना देख्दा
सपना नै हो भनी बिपना बिगारिदिनेछु
र सधैं भरि आफ्नो त्यो बिपना नै सपना मै सम्झिने छु ।

-Written by Shashi Sharma Dumre

 

 

Read More From Offline Thinker:

 

तिमी | Susan Chapagai | Nepali Poem

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *