श्रेष्ठ र पृथक बनौं | Prashant Bagale

Prashant Bagale

मानिस गहिरिएर सोच्न र विचार गर्न सक्ने प्राणी हो। त्यसैले प्राणी जगतमा मानव जीवन निकै अनमोल, पृथक र दुर्लभ छ। यो संसार एउटा कर्मभूमि हो, त्यसैले मानिस कर्मशील भएर बाच्न सक्नुपर्छ।

जसरी सुतेको सिंहको मुखमा मृग पस्दैन, सिंहले सिकार गर्नैपर्ने हुन्छ। त्यसरी नै हामीले कर्म नगरी, मेहनत नगरी अनि आफ्नो बौद्धिक क्षमताको उचित प्रयोग नगरी आफ्नो सपना र उद्देश्य कहिल्यै पूरा गर्न सक्दैनौँ।

वास्तवमा, अल्छिहरुले मात्र भाग्यलाई दोष दिने गर्छन्। मेहनेतीहरुले आफ्नो भाग्य आफै बनाउँछन्। कहिल्यै आलस्य देखाउँदैनन्। श्रेष्ठ र पृथक मानिसहरु सधै अगाडि हुने गर्छन्। अरु सामान्य मानिसहरुले उनीहरुलाई पछ्याउने गर्छन्। सम्मान गर्छन्। जो मानिस सबै कुरालाई बेवास्ता गरेर, आफ्नो सपना र उद्देश्यलाई पूरा गर्न दौडिरहन्छ उसको लक्ष्यमा पुग्ने सम्भावना धेरै हुन्छ।

संसारमा मानिसहरु तीन प्रकारमा छुट्याउन सकिन्छ।

पहिलो हुन्छन्,

-अरुले के भन्लान्? असफल पो हुने हु कि? मैले सक्दिन कि भन्ने डरले कुनै काम सुरु नै गर्दैन।

दोस्रो हुन्छन्,

-कुनै काम सुरु त गर्छन् तर अगाडि बढ्दै गर्दा आउने विघ्न बाधालाई दोष दिँदै बीचमै छोडिदिनेहरु।

तेस्रो हुन्छन-

-कुनै कामको थालनी गर्न नहिच्किचाउँने।  थालेको काम जस्तोसुकै विघ्नबाधा आए पनि पूरा गरेरै छोड्ने।

यस्ता मानिसहरु श्रेष्ठ र पृथक हुने गर्छन्।

खासमा, जीवनमा कहिले धेरै मेहनत गर्ने अनि कहिले केही नगरी बस्नु भन्दा, सधै गतिशील मेहनत गर्नु उत्तम हुन्छ। तर जो मानिस आफ्नै जीवनसँग निरास हुन्छ, उसले आफ्नो क्षमता अनुसार केहि गर्न सक्दैन। ऊ प्रथम प्रकारको मानिसमा पर्छ जो जहिले अरु वा आफूबाट डराउँछ।

प्रथम प्रकारबाट तेस्रो प्रकारको पृथक व्यक्तित्वको बन्न हामीले आफूलाई राम्ररी नियाल्नुपर्छ। हामीले ठीक प्रश्नको उत्तर आफै खोज्न जान्नुपर्छ।  यो कुरा सत्य हो कि हामीले चाहेका हरेक कुराहरु हामी आफैसँग पाउछौँ।

हामी सुतिरहे हाम्रो भाग्य पनि व्युझिदैन। उठेपछि मात्र हाम्रो भाग्य पनि जाग्छ।

त्यसैले यो अमूल्य जीवनलाई हामीले सार्थक पार्न लागि हामी दैनिक यो मात्र एकपटक पाएको मानव जिवनमा हामीले यस्तो काम गर्न सक्नु पर्छ कि, हामी मरेर गएको सयौं बर्षपछि पनि मानिसहरुले हामीबाट हैसला र प्रेरणा लिएर अगाडि बढिरहन सकुन।

 

 

Read More From Prashant Bagale:

रातमा आइरहने तिम्रा याद | Prashant Bagale

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *