तिमी त मेरो साथमै रहेछौ नि,
मैले किन महसुस गर्न सकिनँ?
सधैँ देखिरहने तिमी
सधैँ भेटिरहने तिमी
किन आखिर बतास बनि
न्यानो स्पर्श दिँदै भागिरह्यौ?
किन आएनौ मेरो सामु?
किन लुकायौ आफूलाई मबाट?
म हुन्थेँ जहिले
तिम्रै खोजीमा
तिम्रै पर्खाइमा
तर तिमी
मेरै साथमा नै पो रहेछौ।
आखिर चिनुँ पनि कसरी तिमीलाई?
तिमी बत्ती मुनिको
अँध्यारो झै बनिदियौ मेरो लागि
म खोजिरहने
अनि तिमी लुकिरहने।
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

