आज तिमीलाई देखेको मैले | Prashant Bagale

Prashant Bagale

आज तिमीलाई देखेको मैले
भनेर तिमीलाई भन्दा
तिमीले सोध्छौ होला कि
कहाँ देख्यौ भनेर ?
अनि म भनुला कि
तिम्रो घरको बार्दलीमा
अनि तिमीले गफ भन्दै रिसाएझै गरौली
हो नि मैले साँच्चै आज तिमीलाई देखेको
तिमीलाई मास्क खोल्न भनेरै हेरेको
म तिम्रो वरिपरि धेरैबेर बसी
तिम्रो सामिप्यमा रमाउने
दुस्साहस पनि नगरेको होइन
ओहो साच्चै
आज त मैले तिमीलाई देखेको नि है
म हरामी हुँ नि
तिमीलाई मात्र एक झलक हेर्न भनेर
तिमीले थाहा नै नपाउने गरी
धेरैपटक तिमीलाई पछ्याइरहेँ
अनि तिमीलाई लुकीलुकी हेर्न थाल्छु
त्यसैले तिमीलाई थाहा छैन होला
कि मैले तिमीलाई आज देखेको भनेर
तर जे भएपनि
आज मैले तिमीलाई देखेको हो नि।

 

Read More From Prashant Bagale: 

एक अन्जानसँगको यात्रा | Prashant Bagale | Nepali Poem

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *