Nepali Poem | त्यही पलमा अडिएको यो मन | Prashant Bagale

Prashant Bagale

दृश्यहरुको त्यो एक दृश्य
जहाँ
घट्छन् अनेकन घटनाहरु,
जहाँ
भेटिन्छन् अनेकन रहस्यहरु,

म पुग्छु एक स्वप्निल सहरमा
जब म हराउन थाल्छु सुन्यतामा
जुन दृश्यमा
म अनि तिमी मात्र अटाउछौं
अरु कोहि
चाहेर पनि अटाउन सक्दैनन्
किनकी
त्यो सहर तिम्रो र मेरो मात्र हो
जुन सहर
हाम्रो प्रायः भेटिरहने ठाउँ हो
जहाँ
कहिले तिमीले मलाई
निकै बेर कुर्छौ
अनि कहिले
मैले तिमीलाई बडो उत्साहित हुँदै
कुरिरहन्छु व्यग्र प्रतिक्षाका साथ

जब हाम्रो भेट हुन्छ
अनि छरपस्ट हुन्छन्
हाम्रा अनेकन रहस्यहरु
हाम्रो मिलनको पल।

त्यो पल
त्यो दृश्य
ओहो कति प्यारो
थियो त्यो क्षण
तर फेरि
किन सकिन्छ अचानक पलभर मै?
अनि लागिरहन्छ कि
चलिरहे हुन्थ्यो
मात्र त्यो पल अनन्तसम्म।

Read More From Prashant Bagale:

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *