म त आफ्नै सुरमा
आफ्नै बाटोमा
यात्रा गरिरहेको थिए,
अनि अचानक तिमी आयौ
र मेरो बाटो छेक्यौ,
मैले, “खोइ छोड मेरो बाटो”
भनेर भन्न पनि सकिन,
लाग्यो, तिम्रो हात समात्दै
तिमीसँग मीठा मीठा कुरा गर्दै
यात्रा गर्दा, सायद यात्राले
अझ सार्थकता पाउने छ होला,
तिमी त अन्जान थियौ मेरो लागि
अनि सायद म पनि तिम्रो लागि,
तर चिन्नु पनि के का लागि?
अन्जान भएरै यात्रा गर्दा हुँदैन र?
म तिमीलाई प्रश्न गर्छु,
तर तिमी भने मुस्कुराइदिन्छौ
त्यसै त्यसै,
तर म बिचरा कसरी बुझु
तिम्रो त्यो मुस्कान पछाडिको रहस्य?
तिम्रो अगाडि म प्राय निशब्द नै हुन्थे,
तिमी थियौ नै त्यस्तै
सबै कुरा इसारामै भनिदिने,
तर अचानक एक्कासी
हाम्रो गन्तव्य आइपुग्यो,
छुट्ने बेलामा न तिमी मुस्कुराउन सक्यौ न म,
अनि अहिले तिमीसँगको यात्रा प्यारो कि तिमी?
छुट्याउनै सकिरहेको छैन,
आखिर हामी अन्जान नै रहिरह्यौं।
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

