तिम्रो आवाजको शक्ति | Prashant Bagale

Prashant Bagale

खै आखिर के छ
त्यस्तो खास तिम्रो आवाजमा,
जब सुन्छु म एकैछिन हराउँछु
कहाँ कहाँ आफैलाई नै थाहा नहुने गरि,
मुस्कुराउन थाल्छन् मेरा ओठहरु
त्यसै त्यसै,
बढ्न थाल्छ मुटुको ढुकढुकी,
मुखमै आएका शब्दहरु पनि
मुखमै रोकिन्छन्,
काप्न थाल्छ पुरै शरिर एकाएक,
तर पनि मलाई तिम्रै आवाज
सुनिरहुँ जस्तो लाग्छ,
तिम्रै स्वरको गहिराइमा
डुबिरहुँ जस्तो लाग्छ।

 

Read More Prashant Bagale:

श्रेष्ठ र पृथक बनौं | Prashant Bagale

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *