डिप्रसन हुँदैमा नआत्तिनु, जीवन मूल्यवान छ | Prashant Bagale

माया

अहिले नेपालमा डिप्रेसन, काममा असफलता, प्रेममा असफलता, कोरोनाको डर र लकडाउनको कारणले हजारौं मानिसहरुले आत्महत्या गरिसकेका छन्।

वास्तवमा आत्महत्या नेपालको मात्र नभएर विश्वभरीको समस्या हो। तथ्यांकको अनुसार हरेक वर्ष झण्डै ८ लाख मानिसहरुले आत्महत्या गरेको पाइएको छ।

यो समस्या निकै संबेदनसिल हो। त्यसैले यसलाई बेवास्ता गर्नु पक्कै हुँदैन। मानिसहरु आफ्ना सारा खुशी, इच्छा, चाहना अनि रहरहरु सबै त्यागेर धन-सम्पत्ति कमाउनतिर लाग्छन्। तर धन-सम्पत्ति र सुख-सुविधाले मात्र मान्छेहरु कहाँ आनन्दित हुन सक्छन् र? जब उनीहरुको हरेक इच्छा र चाहनाहरु नै टाढा भएपछी। अनि जब मानिसहरु मनदेखि खुसी र आनन्दित हुन सक्दैनन् र हरेक कुराहरु नकारात्मक सोच्न थाल्छन् त्यसपछि उनीहरु डिप्रेसनको शिकार हुन पुग्छन्।

डिप्रेसनबाट विश्वमा अहिलेपनि ३० करोड भन्दा धेरै मानिसहरु गुज्रिरहेका छन्। कतिलाई आफू डिप्रेसनको शिकार भएको पनि थाहा हुँदैन। कति आफूलाई अरुले पागल पो भन्ने हुन कि भन्ने डरले डाक्टरको सल्लाह पनि लिन जाँदैनन्।

खासमा जब मानिसहरु जीवनमा हर क्षण, हर दिन, नकारात्मक कुराहरु मात्र सोच्न थाल्छन् तबदेखि नै मानिसहरु डिप्रेसनको शिकार हुन थाल्छन्। अनि बिस्तारै डिप्रेसनबाट गुज्रिएको मानिसहरुलाई आफ्नो जीवन नै बेकार लाग्न थाल्छ।

यो जुनसुकै उमेरकालाई पनि हुन सक्ने मानसिक समस्या हो।

पढाईको तनाबले बच्चाहरुमा पनि हुन सक्छ डोप्रसन। युवा युवतीहरुमा प्रेममा बिछोड सहन नसकेर पनि हुन सक्छ। जीवनमा लक्ष्य प्राप्त गर्न नसकेर पनि या  सोचेजस्तो र चाहेजस्तो जीवन बनाउन नसकेर पनि डिप्रेसनले गाभ्न सक्छ।

अनि यस्ता तनावका कारण मानिसहरु एकदमै नकारात्मक हुन पुग्छन्। अधिक नकारात्मक हुनु नै डिप्रेसनको लक्षण हो। अनि त्यही नकारात्मक सोच उनीहरुमा यसरी विकास हुँदै जान्छ कि, उनीहरु जीवनको महत्त्व अनि जीवन जिउने आश नै मार्न पुग्छन्।

यो बाहेक पनि डिप्रेसनबाट गुज्रिएका मान्छेहरु हर समय, हर दिन दुःखी र चिन्तित रहेको पाइन्छ। यस्तो अवस्थामा पुगिसकेपछि न उनीहरुलाई कुनै काम गर्न रुची जाग्छ, न उनीहरुलाई कुनै खुशी र दु:खको अनुभव हुन्छ।

अनि उनीहरुको सोच यति सानो र साघुरो हुन पुग्छ कि उनीहरुलाई आफ्नो जीवन व्यर्थ र मूल्यहिन लाग्न थाल्छ। बाच्न भन्दा मर्न उचित ठानेर मानिसहरु आत्महत्या गर्न पुग्छन्।

तर डिप्रेसन जस्तो मानसिक बिमारीले ग्रसित भएका कयौं मानिसहरु पहिलाकै अवस्थामा आएर निकै आनन्दित जीवन बिताउन सक्छन्। त्यसको लागि डिप्रेसनको शिकार भएका मानिसहरुसँग नजिक भएर प्रेमपूर्वक कुराहरु गर्ने, किनकी आफ्नाहरुको साथ, आत्मीयता, मायाको कारणले पनि उनीहरुको डिप्रेसन धेरै हदसम्म कम हुन सक्छ।
अझ यस्तो अवस्थाबाट गुज्रिरहँदा डाक्टरसँग सल्लाह लिनु पनि अति नै आवश्यक हुन्छ।

वास्तवमा कुनै पनि कुरा त्यति ठुलो हुँदैन जति हामी त्यसलाई बनाउँछौँ। जीवनमा दु:ख, पिडा, चिन्ता र समस्याहरुमा अल्झनु भनेको आफ्नो जीवनलाई खुसी र आनन्दबाट टाढा लैजानु र डिप्रेसनको शिकार हुने बाटो रोज्नु हो।

जीवन अति मूल्यवान छ। सक्दो खुसी र आनन्दित हुने प्रयास गर्नुपर्छ। आफ्ना नजिकका मानिसहरुसँग सक्दो खुलेर कुरा गर्ने। आफ्नाहरुलाई यति माया गर्ने कि उनीहरुलाई दुखी हुने मौका नै नदिने। अनि विस्तारै आफूभित्र सकारत्मक सोचको विकास गर्दै आफूलाई मनपर्ने काम गर्दा पनि डिप्रेसन कम हुँदै जान्छ। आफ्नो मस्तिष्कलाई सकारात्मक काममा व्यस्त राख्ने। ध्यान गर्ने, योग गर्ने अनि साना साना कुराहरुमा रमाउन थाल्ने हो भने सायद यो डिप्रेसन र आत्महत्या भन्ने शब्दको नै अन्त्य हुने थियो।

-Prashant bagale

 

Watch what doctor has to say on Depression:

 

Read More at Offline Thinker:

आखिर के मात्र होइन जिन्दगी? | Muskan Pandey

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *