How Hundreds of People Pulled Seto Machindranath Rath | Chariot | Jatra | Kathmandu | 2024 |

Seto Machindranath Jatra

सेतो मच्छिन्द्रनाथको रूपमा समेत चिनिने जनबहा: द्य:को हरेक वर्ष रथ यात्रा हुने गर्छ। जात्राको लागि काठमाडौंको तीनधारा पाठशाला अगाडि करिब एक साता अघिदेखि नै रथ निर्माण सुरू हुन्छ।

पहिलो दिन जनबहाःबाट सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्याइन्छ। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मच्छिन्द्रनाथलाई विराजमान गराएर सयौं मानिसले तानेर घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याउने गरिन्छ।

दोस्रो दिन रथलाई असनबाट इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइन्छ।

तेस्रो दिन हनुमानढोकाबाट मरू, जैसिदेवल, मजिपाट हुँदै लगन पुर्याइन्छ। लगनमा मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाइन्छ र विधिविधानपूर्वक दर्शन गराइन्छ।

त्यसपछि जनबहाः द्य:लाई फेरी खटमा राखेर जनबहालमा पुर्याइन्छ।

 

Seto Machindranath Jatra

Seto Machindranath Jatra

Seto Machindranath Jatra

Seto Machindranath Jatra

 

Seto Machindranath Jatra

Seto Machindranath Jatra

Seto Machindranath Jatra

 

Read More From Offline Thinker:

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *