राष्ट्रकवि Madhav Prasad Ghimire का गीत/कविताहरु युट्युबमा

Madhav Prasad Ghimire

कविताका राजा कहलिने कविवर माधवप्रसाद घिमिरेको भाद्र २ गते, २०७७ साल मंगलबार भएको निधनले सारा देश शोकाकुल भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको साहित्य क्षेत्रप्रतिको योगदान अतुलनीय रहेको पाइन्छ । ‘भानुभक्त पुरस्कार’ र ‘त्रिभुवन प्रज्ञा पुरस्कार’लगायत अन्य धेरै पुरस्कारले सम्मान पाउन सफल घिमिरेले गौरी(खण्डकाव्य), शाकुन्तला, किन्नर किन्नरी, मालती मंगले जस्ता धेरै लोकप्रिय रचना लेख्नुभएको थियो ।

उहाँले रचना गर्नुभएका कविता, काव्यहरु अन्तर्राष्ट्रिय बजारदेखि नेपाली पाठ्यपुस्तकमा छापिएका छन् । उहाँले रचना गर्नुभएका केहि गीतहरु हामीले युटुबमा पनि सुन्न सक्छौँ ।

उहाँले रचना गर्नुभएको गीत मध्य एउटा हो -‘गाउछ गीत नेपाली’

 

YouTube Source: Music Nepal

गायक:  कुन्ती मोक्तान, आनन्द कार्की, राजीव लामा, तारा थापा, ममता दीपबिम

गीतकार: माधवप्रसाद घिमिरे

गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली
गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली
जय जय जय नेपाल सुन्दर शान्त बिशाल
सुन्दर शान्त बिशाल गाउछ गीत नेपाली
ज्योतिको पंखा उचाली गाउछ गीत नेपाली
ज्योतिको पंखा उचाली जय जय जय नेपाल
सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल

गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेशी बिउझाउछन् लहर लाखौ उचाली
हिमाल चुली बोलाउछ पहिलो झुल्का निकाली
सगरमाथा सिखरमा पुग्दछ पहिले नेपाली
शिताले सारा भिजाइन दक्षीण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहि पाए थे ज्ञान को पहिलो मुहान
शिबले यहि ल्याए थे श्रिस्ठी को पहिलो बिहान
गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली
गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली
जय जय जय नेपाल सुन्दर शान्त बिशाल
सुन्दर शान्त बिशाल

पश्चिम किल्ला कागडा पूर्वमा टिस्ठा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एसियाको माझमा
सबले ता बास बसेथ्यो आएर यहि साँझमा
यहि नेपाली माटोमा दिलको फूल रोपेर
यहि पहाडी शिलामा प्रीतको गीत कोपेर
बाचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वजा लिई
नाचौँला हामी हिमालमा ज्योतिको पंखा उचाली
गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली
गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली
जय जय जय नेपाल सुन्दर शान्त बिशाल
सुन्दर शान्त बिशाल गाउछ गीत नेपाली
ज्योतिको पंखा उचाली गाउछ गीत नेपाली
ज्योतिको पंखा उचाली जय जय जय नेपाल
सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल
सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल
सुन्दर शान्त बिशाल सुन्दर शान्त बिशाल

 

उहाँको रचनामा गुन्गुनाइएको अर्को प्रसिद्ध गीत हो- ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’-

YouTube Source: Sarita Lama Tamang

 

उहाँका रचनाहरु युगौँ युग अमर रहनेछन् । युटुबको यस च्यालनमा माधवप्रसाद घिमिरेले रचना गर्नुभएको गीत समिश्रण गरिएको छ ।

 

Source: Billboard Nepal

 

उहाँको प्रख्यात गौरी(खण्डकाव्य)को वाचन पनि युटुवमा सुन्न पाइन्छ ।

 

Read About BhanuBhakta Acharya:

 

भानुभक्त आचार्यको योगदान | Bhanu Bhakta Acharya

आदिकवि भानुभक्त आचार्य | Jiban pande | Offline Thinker

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *