नेपाल बहुभाषिक, बहुसांस्कृतिक, र बहुजातीय देश हो। अनेकातामा एकता नै नपालको विशेषता हो। नेपालमा हरेक महिना कुनै न कुनै चाड परेको हुन्छ। कुनै न कुनै जातिको चाडपर्व परेको हुन्छ।
वर्षै भरिको चाडपर्वको माला हर्दा बैशाखमा नेपाली वर्षको नयाँ दिन सुरु हुन्छ। जसलाई सम्पूर्ण नेपालीले नव वर्षको रुपमा मनाउँने गर्दछन्। नव वर्षकै दिन तराईमा वसोवास गर्ने पूर्वी तराईबासीले शिरुवा पवनी (जुर सित्तल पावन) मनाउँने गर्दछन्। जेठ र असाढ महिलामा थारु किसानहरुले पानी पार्नको लागि गोरु बेह्रना चलन छ। जुन भनेको महिलाहरुले उल्टो हलो जोत्ने, महिलाहरुले पुरुषको लुगा लगाइ छाता ओढेर गीत गाउँदै गाउँ-गाउँमा गइ तरकारी र चन्दा उठाउने र सोही तरकारी र उठेको चन्दाबाट भ्यागुताको बिहे गरिदिने चलन हो। यसो गरे विष्णु भगवान खुसी भइ पानी पार्छन् भन्ने जन विश्वास छ।
श्रावन महिनामा नाग पञ्चमी पर्व र थारुहरुले गुरही पर्व यसैगरी बुवाको मुख हेर्ने दिन, गाइजात्रा लगायतको पर्व पर्दछन्। श्रावन-भदौ महिनामा कृष्ण जन्मास्टमी, थारुहरुले अष्टिम्की पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ।
यस्तै हरितालिका तीज, गणेश चौथी, ऋषि पञ्चमी अनि थारुहरुको अट्वारी पनि यसै महिना पर्दछ। भदो-असोजमा थारुहरुले जीतिया, यमोशा (पितृको सम्मानमा पूजा) मनाउँछन्। असोज-कार्तिकमा दसैं, तिहार, मंसिरमा एकादशी, माघमा माघे संक्रान्ति, ल्होसार, फागुनमा होली, शिवरात्री जस्ता पर्वले नेपाली क्यालेन्डर भरिभराउ हुन्छ। चैत्रमा भने चैत्र दसैं, रामनवमी लगायत अन्य पर्वहरु पर्दछन्।
यसप्रकार चाडपर्वले सम्पूर्ण नेपालीहरुलाई एक सुत्रमा बाध्ने काम गर्दछ।
यस लेखमा भने चौथी चन्दन अर्थात गणेश चौथी पर्व विभिन्न जाति र स्थानमा कसरी मनाइन्छ भनेर लेखिएको छ।
तपाईका जिल्लाहरुमा प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष चौथी तिथिका दिन चौठीचन्दन पर्व चन्द्रमाको पूजाअराधना गरी मनाइन्छ। थारु समुदायमा यस दिन चन्द्रमा हेरेमा दोष लाग्छ भन्ने भनाइ छ।
यदि झुक्किएर चन्द्रमा देखियो भने पनि चोर दोष कटाउन अरुको छेउछाउ गइ निहु पारी सानासाना बिगार काम गरे, अरुले गालीगलौज गरेमा दोष काटिन्छ भन्ने लोकोक्ति छ।
काठमाडौका नेवार समुदायले यस दिन गणेश चतुर्थी अर्थात दसैं प्रारम्भका रुपमा मनाउने गर्छन्। जीवनमा चोरदोस नलागोस् भन्ने कामनासहित परम्परा अनुसार चथाः गणेश र चन्द्रमाको पूजा गरी मनाइन्छ। नेवार भाषामा यस पर्वलाई चथाः पर्व भनिन्छ। भगवान गणेशको जन्मदिन भएको मान्यताका साथ बिहानै घरलाई सफासुग्घर गरेर बेलुका पूजा गर्नका लागि पूजा सामाग्री तथा गणेशको तस्बिर भित्राउने चलन छ।
मिथिलाञ्चल सहित तराईका जिल्लाहरुमा यस दिन चन्द्रमाको पूजाअर्चना गरेर श्रद्धा भक्ति पूर्वक चौथ चन्दन (चौरचन) पर्व मनाइन्छ। दिनभरी उपवास बसेर साझ चन्द्रमा सहित देवीदेवताको विधिपूर्वक पूजाअर्चना गरेर यो पर्व मनाइन्छ। हातमा फलफूल, नरिवल, दहि तथा अन्य पकवान लिएर चन्द्रमाको दर्शन गर्नाले सबै प्रकारको मिथ्यारोपबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। व्रतालुले पूजा गरेको प्रसाद घरका सबै सदस्यले चन्द्रमाको दर्शनसहित गणेश, कलश, लगायत देवीदेवताको पूजाआरधना पछि ग्रहण गर्ने चलन छ। मिथिलामा यस पूजामा खिरपुरी प्रसाद अनिवार्य हुन्छ।
चौरचन पर्व विशेष गरि पूर्वी तपाईमा मनाइन्छ। यस दिन चौथी चन्दन/ चथाः गणेश/ चौरचन पूजाअराधना गरेमा खुशी मिल्ने, जीवनमा चिताएको मनोकांक्षा पूरा हुनुका साथै दसैं राम्रोसँग मनाउन पाउने लोकमान्यता रही आएको छ।
भक्तपुरका किसानले यसै दिन अदुवा खेतीको पूजा गरी नयाँ अदुवा भित्राउने प्रचलन छ। भाद्र महिनाको शुक्लपक्ष हरितालिका तीज पछि चौथी तिथिका दिन यो पूजा गरिन्छ। चौथी पछिको पञ्चमीका दिन हिन्दु महिलाले ऋषिको पूजा गरि ऋषिपञ्चमी मनाउने गर्दछन्।
यसरी भाद्र शुक्लपक्षको तृतीय, चतुर्थी, र पञ्चमी पर्वको नेपाली समाजमा विशेष महत्व रहेको छ।
स्रोतः विभिन्न संचारमाध्यम तथा स्थानीयहरु।
Photo by Amol Nandiwadekar from Pexels
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com