Nepali Poem | लुकामारी | Samir Sapkota Chhetri

Samir Sapkota Chhetri offline thinker
घाम लुक्छ र पो रात आउँछ,
जून लुक्छ र पो दिन आउँछ !
सायद जीवन भनेको
घाम र जूनको
लुकामारी खेल रहेछ ।
वसन्त लुक्छ र पो जीवनमा उदास छाउँछ,
शिशिर लुक्छ र पो जीवनमा मिठास आउँछ !
सायद जीवन भनेको
वसन्त र शिशिरको
लुकामारी खेल रहेछ ।
मन लुक्छ र पो बुद्धि चल्छ,
मस्तिष्क नै लुकेपछि मनले चाल पाउँछ !
सायद जीवन भनेको
मन र मस्तिष्कको
लुकामारी खेल रहेछ ।
तिम्रो छायाँ लुक्छ र पो मेरो रात अाउँछ,
तिम्रै छायाँको आगमनले मनमा बिहानी ल्याउँछ !
सायद मेरो जीवन भनेको,
केवल तिम्रै छायाँको मात्र
लुकामारी खेल रहेछ ।
© समीर सापकोटा क्षेत्री
क.न.पा. – ५, सिन्धुली

Read More from Samir Sapkota:

 

Also Read:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *