म कहाँ जाँउ ? – समीर सापकोटा क्षेत्री

म कहाँ जाँउ

कानुन अन्धो हुन्छ भन्ने,
सुनेको थिए मैले,
तर आज लाग्दैछ,
यसको आँखामा बाधिएको त्यो कालो पट्टी
कसैले खोलिदिएको छ ।
हातमा रहेको त्यो तराजु,
कसैले किनिदिएको छ ।
तब पो मेरी बहिनी निर्मलाले
आजसम्म न्याय पाएकी छैन ।
 
यहाँ,
जातियताको नाममा मान्छे मारिन्छ,
प्रेमको नाममा तेजाब फालिन्छ,
ठूलाले सानालाई मिचिरहेछन्,
गरिबको घाँटी थिचिरहेछन् ।
ओढेर आदर्शको च्यादर,
गरिरहेछन् अन्याय,
गरिरहेछन् अत्याचार ।
तर पनि पहुँचकै कारण,
निर्धोलाई दोष थुपारेर,
उम्किरहेछन् दोषीहरु,
मूकदर्शक छ न्यायालय ।
 
न्याय नपाए गोर्खा जानू,
भन्ने गरिन्थ्यो पहिले ।
आज कसैले बताइदेउ न मलाई,
राजाले न्याय नपाएको यो देशमा,
निर्मलाको निम्ति न्याय खोज्दै,
सम्झनाको निम्ति न्याय खोज्दै,
म कहाँ जाँउ ?
म कहाँ जाँउ ?
 
 
 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *