New Year Poem
मकैको आटा, कोदोको रोटी मीठो मान्ने,
यो जीब्रोले आज,
पिज्जा, मःमको डल्ला खोजिरहेछ ।
सारी, गुन्यु चोली,
दौरा सुरुवाल अनि ढाका टोपी मन पराउने,
यो शरीरले आज,
विदेशी पहिरन रोजिरहेछ ।
पुर्वीय दर्शनमा रमाउने,
यो समाजले आज,
पश्चिमी संस्कृति अगाँलिरहेछ ।
दशै-तिहार कुन तिथिमा मनाइन्छ,
थाहा छैन तर पनि
यो मन आज,
विदेशी पर्वमा रमाइरहेछ ।
नेपाली भएर नि शुद्ध नेपाली बोल्न लाज मान्नेहरु,
लाज पचाउदै आज,
फेसबुक लगायतका सामाजिक संजालमा,
कराइरहेछन्,
चिच्याइरहेछ्न्,
“Happy New Year”
“Happy New Year”

You May Also Like:
https://offlinethinker.com/alleviation-poem-offline-thinker/
https://offlinethinker.com/letter-to-my-future-self-poetry-by-sabi-thapa-offline-thinker/
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

