आत्म प्रेम
भन्छन् संसारमा सबैभन्दा धेरै माया
हामीलाई हाम्री आमाले गर्छिन् ।
कहन्छन् संसारका सबै खुशी
आफ्नै सन्तानको पोल्टामा भर्छिन् ।
देखियो बुझियो सारा संसार
स्वप्नरुपि काल्पनिक कथाबाट बिउँझिएँ ।
संसारिकताको मोहले आमाको सम्बोधन पनि
वात्सल्यको कर्तव्यबाट तर्किए ।

स्वार्थी संसारको निस्वार्थ प्रेमको कथा
अचेल सायदै कसैको कलमले लेख्छ ।
किनकी आजभोलि मलाई लागेको चोट
कि म देख्छु कि मेरो मलमले देख्छ ।
मान्छेले सबैलाई माया गर्नुपर्छ
तर सबैभन्दा धेरै आफैलाई माया गर्नुपर्छ ।
खुशीमा मुस्कान आफन्तमा बाँडे पनि
आँशुको कथामा आफ्नै मात्र भर पर्नुपर्छ ।
त्यसैले मैले रोजेको गोरेटो अचेल
म मा नै गएर टुङ्गिन्छ ।
मेरा हत्केलाले अरूको पर्वाहै नगरी
मेरो नै सय सपना रङ्गिन्छ । ।
Photo by Hassan OUAJBIR from Pexels
Read More Poetry:
https://offlinethinker.com/letter-to-my-future-self-poetry-by-sabi-thapa-offline-thinker/
Find us on Facebook: https://www.facebook.com/offlinethinker


0 Comment