चुस्की | कविता | आकाश शुयाल | Offline Thinker

चुस्की

चुस्की

*****

मैले सिकेको पहिलो शब्द,
मैले देखेको पहिलो तस्विर
मैले लगाएको पहिलो माया
र मेरो नजरमा सजिएको पहिलो प्रतिबिम्ब
यो कफीको पहिलो चुस्की झै मीठो हुँदो रैछ।

यो जीवनको भोगाइ एक कप कफी रैछ
जसको सुरुवात पहिलो चुस्कीबाट
र अन्त्य अन्तिम चुस्कीबाट हुँदो रैछ
यो समयको चक्र कफीको तातोपन रैछ
जब समय छ त कफी पनि तातो
र समय ढल्किदै जाँदा कफी सेलाउने रैछ।

यो जीवन चक्रमा प्रेम त कप रैछ
कुनै रङ्गिएको त कुनै सादा
कुनै ठूलो त कुनै सानो
कुनै बलियो त कुनै कमजोर
तर टिकावट कप र पिउने व्यक्तिको समझदारीमा हुँदो रैछ।

चुस्की

जीवनका उतारचढाव कपबाट छुट्टीएका भागहरु रैछन्
कपको समाउने भाग छुट्टिए पनि
त्यहाँ कफी भइन्जेल जीवन त चलिरहन्छ
र जीवनका संघर्षहरु समाउने भाग नभएको कपमा कफी पिउनुरैछ।

यदि चुस्कीमा मिठाससङ्गै तितोपन आउँदैन
सम्झनुस् त्यो कफी कफी होइन
यदि यो जुनीमा सुख र दुःख भोगिदैन
सम्झनुस् त्यो जीवन जीवन होइन

यो जीवनमा फेर्ने अन्तिम सास त
कपमा भाको कफीको अन्तिम चुस्की रैछ
जीवन विनाको शरीर त
कफी विनाको कपझै रित्तो रैछ
साँच्चै यो जीवन त कप र कफी रैछ
जसको सुरुवात पहिलो चुस्कीबाट
र अन्त्य अन्तिम चुस्कीबाट हुदो रैछ।

आकाशका अन्य प्रकाशित कविता पढ्नुहोस्ः

फरक यत्ति छ तिमी र म मा | कविता | Akash Suyal [Offline Thinker]

Get in touch with us for more Articles and Writings. We regularly post on our Facebook, Twitter, and Instagram.

Facebook Comments

author

YOU MAY ALSO LIKE

5 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *