तिमी फुलझै राम्री, रसिली थियौ
मुस्कुराइरहन्थ्यौ
अनि मगमगाइरहन्थ्यौ।
तिम्रो मुस्कुराहटले यो मनलाई झिलिमिली बनाएको थियो
तर आज,
तिमीले आफ्नो रस अर्कै भमरालाई सुम्पिदिएछौ
तिम्रो मुस्कानले अर्कैलाई झिलिमिली बनाइदिएछौ
Happy rose day कान्छी
Happy rose day।
हिजो मात्रै लाग्थ्यो
तिम्रो हातले मेरो हातलाई सुमसुमाउदै माया दर्शाएको
तिम्रो ओठले म भित्रको म”लाई माया गर्छु भनेको
तर आज, म भित्रको म”मा ‘Money’को कमि भएछ क्यारे
त्यहि भएर होला आज तिमी अर्कैको हुँदै छ्यौ रे
Happy purpose day कान्छी
Happy purpose day।
खाडीमा बगाएको पसिनाको कमाइबाट
मैले पठाएको chocolate तिमीलाई नुनिलो भयो अरे
त्यहि भएर होला आज गुलियो chocolate खान
तिमीलेआफ्नो तन NRNलाई बेचिदियौ अरे
Happy chocolate day कान्छी
Happy chocolate day।
तिमी बिनाको यो जीवन
बाच्नु- नबाच्नुको अर्थ केहि छैन मलाई
त्यहि भएर कहिल्यै नबिर्सिने उपहार दिदै छु तिमीलाई
मलाई हेर्नु है खाडीबाट आउने बाकस खोली
तिम्रो लागि सुन्दर teddy bear ल्याउदै छु यसपाली
Happy teddy day कान्छी
Happy teddy day ।
घाम पनि उदाउदैन यदि पानी पर्छ भनेपछि
तर तिम्ले लायौ माया मलाई छोड्ने मन भएपछी
तोडि दियौ हाम्रो कसम, अर्कैबाट कारको चाबी पाएपछी
Happy promise day कान्छी
Happy promise day ।
हिजो मात्रै लाग्थ्यो
मेरो अगाँलोमा लडबडिएर “I love you” भनेको
तर अभागी यो जिन्दगीमा
खाडीमा काम गर्दा दुबै हात काटिएपछी मेरो
अगाँलो खोज्दै तिमीले अर्कैसङ्ग नाता गाँस्यौ अरे
Happy hug day कान्छी
Happy hug day ।
तिम्रो ओँठमा चुम्बन गर्दा स्वर्गको आभास हुन्थ्यो मलाई
आज खाडीको गर्मीले ओइलाई दिएपछी मेरा निस्वार्थी ओठहरुलाई
र तिमी ए.सी भित्र बस्न पाएपछि चुम्बन गर्दैछ्यौ रे अर्कैका ओठहरुलाई
Happy kiss day कान्छी
Happy kiss day ।
भिँड करोडौंको किन नहोस्
खोजी सधैँ एउटै अनुहारको हुन्छ
जसलाई सम्झिँदा म मुस्कुराएको पत्तो हुँदैन ।
दुरि जतिसुकै टाढा किन नहोस्
माया त सधैंं उनकै लाग्छ
जसलाई देख्दा म हराएको पत्तो हुँदैन।
Happy Valentine’s day कान्छी
Happy Valentine’s day ।
Photo by Acharaporn Kamornboonyarush
Read More From Akash:
चुस्की | कविता | आकाश शुयाल
Get in touch with us for more Articles and Writings. We regularly post on our Facebook, Twitter, and Instagram.
Facebook Comments