फरक यत्ति छ तिमी र म मा | Nepali Poem | Akash Suyal [Offline Thinker]

फरक यत्ति छ तिमी र म मा | Nepali Poem | Akash Suyal

 
फरक यत्ति छ तिमी र म मा
तिमी खुलेर मुस्कुराउछ्यौ
तर म तिम्लाई हेरेर मुस्कुराउछु
 
फरक यत्ति छ तिमी र म मा
तिमिले नदेख्दा तिम्रो आँखाले अर्कैलाई रोज्छ
मैले नदेख्दा मेरो मनले तिमीलाई नै खोज्छ
 
फरक यत्ति छ तिमी र म मा
फेसबुकमा तिमी मेरो म्यासेजको रिप्लाई दिन्छ्यौ
तर म तिम्रो रिप्लाइको पनि रिप्लाई दिन्छु
 
फरक यत्ति छ तिमी र म मा
तिमी आफू राम्रो छु भनेर घमण्ड गर्छ्यौ
म चाहिँ तिमी राम्री छ्यौ भनेर घमण्ड गर्छु
 
फरक यत्ति छ तिमी र म मा
तिमी आफ्नो आँखामा गाजल लाउन मन पराउछ्यौ
तर म तिम्रो गाजलु आँखा हेर्न मनपराउछु
 
फरक यत्ति छ तिमी र म मा
तिमी आफूलाई कसैले माया गर्दिए मख्ख हुन्छ्यौ
मचाहिँ तिमीलाई माया गर्न पाए मख्ख हुन्छु
 
फरक यत्ति छ तिमी र म मा
तिमी त्यत्ति पनि राम्री छैनौ
जति मेरा आँखाहरुले सजाएका छन्
म त्यत्ति पनि नराम्रो छैन
जति तिम्रा नजरहरुले हेर्ने गर्छन्
Photo by June
 

You May Also like:

सेतु | कविता | कृष्ण दाहाल [Offline Thinker]

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *