-Susan Chapagain
मगजमा रुमल्लिएका
तिम्रा परित्रात यादहरु
अनि तिनै यादका
परिपृच्छाहरुको प्रति उत्तरमा व्यस्त मगज।
वाह!
क्या मीठो
तिम्रै यादमा प्रसुप्त इन्द्रियहरु
अनि तिम्रै शुभ्र मुहारले
यो मनमा गरेको परिदहन
न निदाउन सक्छु,
न बिउझन मन लाग्छ।
तिम्रै यादको सौँराइमा
स्वप्नलोकको गहिराइमा
तिम्रो सत्त्व खोज्दै छु ।
तिमीलाई र मलाई सङ्गै बाध्ने
लखाकी खोजिरहेछु
उद्रेक भावनाहरु बगाउन तिम्रै
हजुरी खोजिरहेछु।
एउटा पयो म बनुला
अर्को तिमी बनिदेउ।
झ्याल बाहिरबाट त्यो हरि मलाई हेरिरहेछ
म मधहोश भइ ढलिरहेछु
तिम्रै मनोहारी यादहरुको कल्पनामा
म त मधहोश भइ ढलिरहेछु
तिम्रै काम्य चेहेराको गहिराईमा
म त मधहोश भइ ढलिरहेछु
तिम्रै कन्चन हृदयको सौँराइमा।
वाह!
क्या मीठो रात
तिम्रै सम्झनामा सैर गर्दा गर्दै
आदित्य जागिसकेछ
मन अझै मान्दैन।
मेरै कल्पनामा सिमित
मेरी कामिनी
के तिमीलाई पनि यो शमन यस्तै लाग्छ?
Photo by Deden Dicky Ramdhani
You May Also Like:
युद्ध | कविता | सुसन चापागाई [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com