युद्ध | Nepali Poem | Susan Chapagain [Offline Thinker]

Susan Chapagain

-Susan Chapagain

को राम, को रावण
को पाण्डव, को कौरव,
के धर्म, के पाप,
न बाल न वयस्क,
सब हुमिइरहेछ्न्
युद्धमा आहुती दिन।
 
मस्त निदाइरहेछन् कोहि
मुर्दाको घर बनाइ
लासहरुको चाङमा
हड्डिको सिरानी लगाइ।
 
युद्ध
मानवताको,
नैतिकताको,
संघर्षको,
चेतनाको।
 
यहाँ
रामको हारमा रावण रोइरहेछ,
पाण्डवले जित्नै सकेनन्
न कौरवले,
धर्मले पापसङ्ग साथ माग्यो,
अजातले जातको हात थाम्यो,
सारा ब्रह्माण्ड रोइरहेछ,
चुक्चुकाइरहेछ,
अनि दैव??
दैव सायद सोच्दै होला
मै बनाउ सृष्टि,
मै उजाडुँ सबै,
मै महान
र सायद हास्दै पनि होला
महात्माको खेलमा,
फटयांग्राहरुको रमिता देखेर।
Image by Momentmal
 
 
 

सम्झनामा बा । | कविता | Susan Chapagain [Offline Thinker]

Letter to My Future Self | Poetry by Sabi Thapa

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *