Susan Chapagain

Susan Chapagai Nepali Poem

Nepali Poem || मफलर || Susan Chapagai ||

  छरपस्ट फालिएका लुगाहरु, हप्तौ देखि गिज्ज्याई रहेका धुलाका कणहरु, महिनौ देखि नछोइएका किताबहरु, सब खाउला जसरि हेर्दा हुन् बर्षौ देखि ओक्ष्यान बाट माथी नउठेको मृत मन। बत्ती कहिल्यै बलेन न मनमा, न जीवनमा बल्यो त केवल अन्धकारको रापमा फैलिएको त्रासको ज्वाला। अह, त्यहा पटक्कै नजानुहोस्, त्यहा बर्षौ देखि कैद गरिएको चिता छ, मध्यरातमा बर्बराउछ […]

nepali poem susan chapagain

Nepali Poem | प्रिय बागमती | Susan Chapagain

प्रिय बागमती, म लेख्छु जे देख्छु। गनाइरहेको बागमतीको किनारमा बसेर बगिरहेका फोहोरका टुक्रा हेर्दै ढलिरहेका जीवनको खम्बा बारे के लेखुँ? जलिरहेका पुत्लाहरू के भन्दा हुन्, आफैबाट निस्किएको धुँवाको मुस्लोसँग ? वर्षा बनेर झरेका पानीका थोपाहरू मिसिएको बादलमा आफैले अन्तिम पटक छाडेको स्वास पाउछ कि नाइँ ? यदि पाउँछ भने म जिवित हुनेछु, तिमी भित्र। तर […]

Susan Chapagain

तिमी | Susan Chapagai | Nepali Poem

तिमी पाउने र गुमाउने बीच कहिल्यै परिनौ, तिमी त हरेक वर्ष मैले उत्तीर्ण गरेका कक्षाहरु जस्तै हौ, हरेक सामीप्यतासँगै तय भएको नयाँ गन्तव्य। हार र जितको दोसाधमा तिमी बस् संघर्षको कहानी हौ, जितमा म रमाउँछु, हारमा मैले गरेको प्रयास रमाउछ। प्रतिक्षा र धैर्यताको माझमा च्यापिदा समय बितेको थाहै हुँदैन तिमी त्यो समय हौ, घाम डुब्दा […]

Offline Thinker

A cup of Tea | Written by Susan Chapagai [Offline Thinker]

A cup of Tea In the empty cup of lifeMixing the nectar of your loveAnd the color of my love,I wish to drink with youA cup of tea.When the tongue plosive the teaThe heat that is felt up to the heart,is splendidAnd would be betterif I got tomix a little bit of your love.My feelings […]

शमन | Nepali Poem| Susan Chapagain [Offline Thinker]

-Susan Chapagain मगजमा रुमल्लिएका तिम्रा परित्रात यादहरु अनि तिनै यादका परिपृच्छाहरुको प्रति उत्तरमा व्यस्त मगज। वाह! क्या मीठो तिम्रै यादमा प्रसुप्त इन्द्रियहरु अनि तिम्रै शुभ्र मुहारले यो मनमा गरेको परिदहन न निदाउन सक्छु, न बिउझन मन लाग्छ। तिम्रै यादको सौँराइमा स्वप्नलोकको गहिराइमा तिम्रो सत्त्व खोज्दै छु । तिमीलाई र मलाई सङ्गै बाध्ने लखाकी खोजिरहेछु उद्रेक […]

Susan Chapagain

युद्ध | Nepali Poem | Susan Chapagain [Offline Thinker]

-Susan Chapagain को राम, को रावण को पाण्डव, को कौरव, के धर्म, के पाप, न बाल न वयस्क, सब हुमिइरहेछ्न् युद्धमा आहुती दिन।   मस्त निदाइरहेछन् कोहि मुर्दाको घर बनाइ लासहरुको चाङमा हड्डिको सिरानी लगाइ।   युद्ध मानवताको, नैतिकताको, संघर्षको, चेतनाको।   यहाँ रामको हारमा रावण रोइरहेछ, पाण्डवले जित्नै सकेनन् न कौरवले, धर्मले पापसङ्ग साथ […]

सम्झनामा बा । | कविता | Susan Chapagain [Offline Thinker]

भित्तामा झुन्डिएको माला सहितको तपाइँको तस्वीर मलाई एकोहोरो हेरिरहन्छ, घरका ढोकाहरुलाई हावाले धकेल्दा हजुर आए जस्तै लाग्छ, आमाले आजसम्म पनि एउटा भाग बढी नै पस्कनुहुन्छ। घर अब घर रहेन, बोली नफुटेको बच्चा जस्तै सबै रोइ मात्र रहेछन्, मौनता र सन्नटाले घरलाई छाड्नै मान्दैन, खुशी र हाँसो त केवल शब्दमा सिमित छन्, जीवन जीवन जस्तै रहेन। […]