महिनावारी | Nepali Poem | इस्मिता थापा
प्रकृतिले पनि यो कस्तो उपहार दिएको छ।
महिनाको ४-५ दिन सधैँ आशु पिएको छ।।
कोहि छाउगोठ कोहि कुना बस्दा खेरी।
मरिने होकि बाचेर घर फर्किने हो थाहा छैन फेरी ।।
भन्दै थिइन आमा नछुनु है तिमीले कसैलाई ।
भाडाकुडा पनि छुट्टै राख्नुपर्छ सधैँ खाना खाइ।।
कस्तो संस्कार होला म हुर्किएको समाजमा।
जति पीडा भए पनि लाग्नुपर्छ आफ्नै काममा।।
प्याड थिचोल्दै कति चाडै बेड सिट भिज्दा।
अबेर उठ्दा अल्छी भन्दै परिवारका शब्दले किच्दा।।
अझै पेट दुख्यो भन्दा कस्तो स्वाङ पार्छे अरे।
औषधिको स्वाद र परिवारको बचन कस्तो हो हरे।।
यहि रगतबाट भएको हो जन्म सम्पूर्ण मानवको।
यहि रगत बग्दा गरिन्छ व्यवहार सबैले दानवको।।
बिहानै आउने अखवारमा यहीँ पृष्ठको समाचार हुँदामा।
के हुन्छ होला भन्देउन, मैले त्यो किचन छुँदामा।।
कुन शास्त्रमा लेखिएको होला यति कष्टकरको जिन्दगानी।
त किन गाउँ जस्तै भको भन्देन हे राजधानी ।।
अनुहार हेर्न हुँदैन अरे भाइ खेल्थियौ हामी गर्दै वारिपारी।
बाच्नु परेको तड्पी तड्पी नभए हुन्थियो यो महिनावारी ।।
You may also like:
PERIOD- END OF SENTENCE, NOT A GIRL’S EDUCATION | Written by Suyasha Sharma [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

