गजल | इस्मिता थापा [Offline Thinker]

nepalii poem

गजल | इस्मिता थापा

सधैं रुखमा गीत गाउने चरीले आज गीत गाएन।
जिन्दगीसँगै काट्ने मायाले एकचिम्टी सिन्दुरले सजाएन।।

भर्खर विवाह गरेर छोरो लाग्यो,प्रदेश तिर।
श्रीमतीलाई पैसा आयो बाआमालाई खबर आएन।।

सरकारले दिएको कृषिको विषादी गाउँसम्म बल्ल पुगेछ।
भोट हाल्नेको घर-घर पुग्यो अरुले थाहा पाएन।।

आफूलाई नभइ नभइ अरुलाई गर्दा कहाँ हुन्छ र यहाँ ।
भोक लग्यो भनेर कुकुरलाई घिउभात दिएको त्यो पनि खाएन।।

मेरै भविष्यका खुसीका लागि रातदिन रुँदै बसिन आमा।
म महान भए तर आमाको आँखामा कहिल्यै खुसी छाएन।।

You may also like:

म र मेरो देश | कविता | Susmita Labh

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *