मेरो अधिकार
समयको घडिसँगै बितिरहेको जिन्दगीमा।
हरेक समाज र सहरका कुनाकुनामा।।
अटुटको यादले बिताइरहेका पहलहरुमा।
खोज्दैछु अघि बढन आफ्नो अधिकारमा।।
अरे!
सक्दिन मेरो अधिकारको विश्लेषण गरेर।
जन्मदै छोरी अरे भन्दै हिड्ने छिमेकीदेखि लिएर।।
सहरका गल्लीगल्लीमा बस्ने ब्वासाहरु देखेर।
बाच्नु परेको छ, यहाँ यस्तै अधिकारमा भरेर ।।
सेकेण्ड,सेकेण्डमा म्यासेनजरमा आउने म्यासेज हेर्छु।
त्यहाँ लेखिएका शब्दहरु बारम्बार केर्छु।।
न चिनेको,न देखेको छु बोल्ने कुनै शब्द नहुँदा।
यिनै शब्दमा खोज्दै छु,आज मेरो अधिकार ।।
वास्तविक,
वास्तविक यस्तो हरेछ मेरो देशमा यहाँ,
रातदिन मद्यपान गरेर आमा पिट्ने बालाई हेर्छु,
बहिनी भन्दै अगालो हाल्ने दाइ भनाउदोलाई हेर्छु।
कति जाने तिमी भन्दै सुम्सुम्याउने शिक्षकलाई हेर्छु,
दाइजोको नाममा आत्माहत्या गरेको दिदीलाई हेर्छु।।
छाउगोठमा बलात्कार भएकी बहिनीलाई हेर्छु,
प्रेम प्रस्ताव अस्विकार गर्दाका एसिड पीडीतलाई हेर्छु।
विधुवा भएकी हजुरआमा प्रति समाजले गर्ने व्यवहार हेर्छु,
अफिसमा अनुहार हेर्दै बोल्ने हाकिमको बोली हेर्छु।
बिहानै रेडियो, टेलिभिजन र न्युजपेपरमा आउने समाचार हेर्छु।
लाग्छ,यहीँ नै रहेछ मेरो देशमा आजसम्म पाएको ३३% अधिकार ।।
You May Also Like:
हालत | कविता | इस्मिता थापा [Offline Thinker]
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

